कोरोनाले ग्रस्त बेलायती प्रधानमन्त्रीलाई आईसीयूमा भर्ना

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  एजेन्सी  635 पटक हेरिएको

काठमाडौं :  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।

स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी उनी होसमै रहेको जनाएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोन्सनलाई सोमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो ।

अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसनले आफ्नो काम गरिरहेका थिए। अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार