मुम्बई । मिस वल्र्डकी विजेता ऐश्वर्य राय बच्चनदेखि थुप्रै सुन्दरी बलिउड नगरीमा नायिकाका रूपमा आए । यसै क्रममा सन् २०१७ की मिस वल्र्ड विजेता भारतीय सुन्दरी मानुषी चिल्लरलाई पनि दर्शकले नायिकाका रुपमा पर्दामा देख्न पाउने भएका छन् । मिस वल्र्डको ताज जित्ने उनी छैटौं भारतीय हुन् ।
हरियाणा राज्यकी यी सुन्दरी नयाँ फिल्म ‘पृथ्वीराज’मा मुख्य भूमिकामा प्रस्तुत हुँदै छिन् । शाहसिक भारतीय राज पृथ्वीराजको राजकुमारी संयुक्ताको मुख्य भूमिकामा यी सुन्दरी रहेकी छन् । यो ऐतिहासिक कथामा आधारित फिल्ममा जोडिएपछि उनी निकै मेहनतका साथ तयारीमा थिइन् । फिल्मको काम सुरु भएसँगै विश्वमा फैलिएको कोरोनाका कारण भारत लकडाउन भएको छ । यति बेला यो फिल्मको काम पूर्णरूपमा रोकिएको छ ।
पहिलो फिल्मको छायांकनमा निकै उत्साहित रहेकी विश्व सुन्दरी अभिनेत्री मानुषीले यति बेला आफ्नो दिन जीवनकै सबैभन्दा छटपटीमा बितेको महसुस भएको बताएकी छन् । उनको दिन घरमै फिटनेस र स्कृप्ट अध्ययनमा बितेको छ ।
फिल्मको युनिटलाई यति बेला आफूले सबैभन्दा बढी याद गरिरहेको पनि उनले बताएकी छन् । उनलाई चाँडोभन्दा चाँडो फिल्मको युनिटसँग जोडिन मन छ । त्यसैले उनी कोरोनाको संक्रमण चाँडोभन्दा चाँडो खुलोस र लकडाउन हटोस् भन्ने प्रतीक्षामा छिन् ।

689 पटक हेरिएको 

