‘जाम माया तकसेरा’ गीत विमोचन (भिडियो सहित)

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  257 पटक हेरिएको

मन बहादुर पुन

काठमाडौँ । बिबेश बुढा मगर र शान्ती श्री मगरको स्वर रहेको ‘जाम माया तकसेरा’ गीत विमोचन भएको छ ।

तकसेरा समाजका अध्यक्ष चन्द्रबहादुर बुढा मगरको अध्यक्षतामा भूमे पर्व संरक्षण मञ्च नेपाल, केन्द्रीय समितिका अध्यक्ष बागलाल बुढा मगरको प्रमुख आतिथ्यतामा तकसेरा समाज, काठमाडौको सभाहलमा ‘जाम माया तकसेरा’ गीतको म्यूजिक भिडियो विमोचन भएको हो । कार्यक्रममा भूमे पर्व संरक्षण मञ्च नेपाल, केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष हर्क बहादुर घर्ती मगर, थबाङ्गी समाजका अध्यक्ष रमिता बुढा मगर, कोराल समाजका अध्यक्ष कर्ण बहादुर बुढा मगरको साथै विभिन्न मगर संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा मन्तव्य राख्दै गायक बिबेश बुढा मगरले आफू कला संस्कृति प्रेमी भएकोले मगर खाम गीत सहित विभिन्न गीत गाउदै आउदा यो गाउने अवसर पाएको बताउँदै, कर्मथलो विदेशमा रहेका निर्माताले आफ्नो भूमिप्रतिको माया र पहिचान गीतमार्फत प्रस्तुत गर्न खोजेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे ।

कार्यक्रममा वक्ताहरूले तकसेरा क्षेत्रको कला, साहित्य, संस्कार, संस्कृति, मूल्य–मान्यता, भूगोल र विविधता नै यस क्षेत्रको मौलिक पहिचान भएको उल्लेख गर्दै यस्ता सिर्जनाले स्थानीय संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास गरेकाथिए ।

कौडा बुढा मगरको रचना, श्रीकृष्ण बम मल्लको संगीत, रमेश सेन्चुरीको एरेन्ज र मनोज परियारको मिक्सिङ रहेको जाममाया तकसेरा गीतमा बिजय पुनको निर्देशन, राजकुमार मगरको सम्पादन, बुद्ध थापाको छायांकन रहेको छ भने बिजय पुन र आरुसी मगरको अभिनय रहेको छ । –

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार