नायिका उर्वशीको फेसबुक ह्याक गरेर पैसाको डिमाण्डः ह्याकरले अश्लिल तस्वीर पोष्ट गर्दै

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  एजेन्सी  584 पटक हेरिएको

नायिका उर्वशी रौटेलाको फेसबुक पेज ह्याक भएको छ । उनले सामाजिक संजाल ट्विटरको माध्यमबाट यो कुराको जानकारी दिएकी छिन् ।

उर्वशीको फेसबुक फेज ह्याक गरेर ह्याकरले अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् ।

उर्वशीले मुम्बई प्रहरीमा पनि यो कुराको जानकारी गराएकी थिइन् । मुम्बई प्रहरीले यो कुरालाई गम्भिर रुपमा लिदैँ यसको जिम्मा साइबर सेललाई दिएको छ ।

मुम्बई प्रहरीले यो केसलाई गम्भिर रुपमा लिएको छ । उर्वशीका अनुसार, ह्याकरले अहिले उनीसँग पैसाको समेत माग गर्न थालेका छन् ।

यसैले पनि उर्वशीले फेसबुक पेजबाट पोष्ट भएका कुनै पनि सामाग्री आफूले पोष्ट नगरेको र यसमा विश्वास नगर्न शुभचिन्तकहरुलाई अपिल गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार