उपचाररत बालिकामा कोरोना देखिएपछि टिचिङले जारी गर्‍यो यस्तो विज्ञप्ति

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  633 पटक हेरिएको

काठमाडौं- त्रिवि शिक्षण अस्पतालले अस्पतालमा उपचाररत बालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका डाक्टर, नर्स, कर्मचारी लगायतलाई क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा राख्ने जानकारी दिएको छ।

बालिकामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले सार्वजनिक सूचना निकाल्दै बालिकाको प्राइमरी कन्ट्याक्टमा आएकाहरुको पिसिआर परीक्षण भइरहेकाे जानकारी पनि दिएको छ।

अस्पतालका अनुसार न्युरो सर्जरी वार्डको बेड नम्बर ५० मा वैशाख ३० गते भर्ना भएकी ६ वर्षकी बालिकामा कोरोना पोजेटिभ देखिएको हो। बालिकालाई अहिले आइसोलेसन क्याबिनमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार