आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ को ट्रेलर मंगलबार मात्र युट्युबमा सार्वजनिक भएको थियो।
हालसम्म उक्त भिडियोलाई ५ कराेड ३३ लाखभन्दा बढीले हेरेका छन्। तर यस भिडियोलाई मानिसहरुले मन पराएका छैनन् ।
हालसम्म ६ लाखले यस भिडियोमा लाइक गर्दा १ कराेड १० लाखभन्दा बढीले डिसलाइक गरेका छन् ।
गत जुनमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो । उनले आत्महत्या गरेका थिए ।
उनको मृत्युपछि भारतमा नेपोटिज्मको बहस चर्किएको थियो। जसका कारण आलिया भट्ट लगायत बलिउडकर्मीका छोराछोरी जो कलाकार हुन् उनीहरुको दर्शकले आलोचना गरेका थिए ।
सामाजिक सन्जालमा उनीहरुको फलोवर पनि घटेको थियो। सुशान्त सिंहले आत्महत्या गर्नुको पछाडि नेपोटिज्म कारण भएको धेरैको टिप्पणी छ। नातावादकै कारण सुशान्तलाई विभिन्न चलचित्रबाट बहिष्कार गरिएको पनि बताइन्छ ।
सुशान्तको मृत्युपछि आलिया भट्ट र उनका परिवार सर्वाधिक आलोचित बनेकामध्ये एक थिए ।
‘सडक २’ चलचित्र पनि भट्ट परिवारकै प्राजेक्ट भएकाले मानिसहरुले ट्रेलरमा धेरै डिसलाइक गरेको अनुमान गरिएको छ ।
महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय गरेका छन् ।

548 पटक हेरिएको 

