विश्वकै लामो दाबी गरिएकाे झोलुङ्गे पुल सञ्चालनमा नआउँदै मर्मत

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  557 पटक हेरिएको

बागलुङ, भदौ ६ गते । बन्दाबन्दीकै अवस्थामा निर्माण कार्य सम्पन्न भएको बागलुङ– पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएका झोलुङ्गे पुल नियमित सञ्चालनमा नआउँदै पुनः मर्मत गर्न थालिएको छ ।
पुल साउन १६ गते सर्वसाधारणको लागि खुला गरिएको थियो । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो पुल तर्ने क्रममा अत्यधिक हल्लिएको गुनासोपछि थप बलियो बनाउन थालिएको हो ।
झोलुङ्गे पुल तर्नको लागि खुला गरेपछि पुल अवलोकन तथा ओहोरदोहोर गर्नेहरूको दैनिक भिड लाग्न थालेको थियो । पुलको दुवैपट्टीको भाग अत्यधिक हल्लिएर सर्वसाधारणले गुनासो गरेका थिए ।
जनगुनासो अनुसार पुलको दुवैपट्टिको दायाँ बायाँ ६-६ वटा गरी कुल २४ वटा साइड लठ्ठा बाँध्न सुरु गरेको निर्माण कम्पनीका ठेकेदार नरहरी खडकाले जानकारी दिए । बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी भएको अवस्थामा मर्मतको धमाधम भइरहेको उनले बताए ।
थानी-बिएलटि-हिमशिखर जेवी निर्माण कम्पनीले २०७५ साल चैत्रबाट निर्माणको काम सुरु गरेको थियो । पुल निर्माणको जिम्मेवारी लिएको कम्पनीले सम्झौता अवधिभन्दा तीन महिनाअघि गत बैशाख महिनामा निर्माण कार्य सम्पन्न गरेको थियो । पुल निर्माणको सम्झौता अवधl २०७७ असार मसान्तसम्म रहेको थियो ।
‘यति लामो पुल पहिलो पटक निर्माण गरेको हो’ ठेकेदार खडकाले भन्नुभयो, ‘थप लठ्ठाले पुल कस्दा पनि पनि पुल हल्लिरह्यो भने डिजाइनर बोलाएर सुधार गर्छौँ ।’ झोलुङ्गे पुल निर्माण भएपछि बागलुङ–पर्वत जाने एक घण्टा बढीको यात्रा करिब दश मिनेटमा छोटिएको छ ।
पुल बलियो भएपछि मात्र स्थानीय तहलाई पुल हस्तान्तण गर्ने ठेकेदार खड्काले बताए । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार