हात्तीजस्तै देखिने सानो जीव ५० वर्षपछि अफ्रिकामा फेरि देखिए

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  818 पटक हेरिएको

हात्तीजस्तै देखिने सानो स्तनपायी जीव ‘एलिफेन्ट स्रिउ’ ५० वर्षपछि फेरि देखिन थालेका छन्।

यस जीव अन्तिमपटक सन् १९७० मा देखिएको थियो त्यसयता यो लोप भएको अनुमान गरिएको थियो।

तर ५० वर्षपछि लोप भएको ठानिएको यो हात्तीजस्तै देखिने जीव अफ्रिकामा भेटिएको बीबीसीले जनाएको छ।

पूर्वी अफ्रिकी देश जिबाउटीमा यो स्वस्थ अवस्थामा भेटिएको जनाइएको छ। हात्तीकोजस्तै आकार भएको यस जीवले किरा खाने बताइएको छ।

एलिफेन्ट स्रिउ र सिग्नीस भनेर चिनिने यो जीवको २० प्रजाति भएको बताइन्छ। वैज्ञानिकहरुले हराएको अथवा लोप भएको यस प्रजाति फेरि भेटिएपछि खुशी व्यक्त गरेका छन्। बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार