मौलिक लोक सांगीतिक क्षेत्रमा गायिका सीता थापामगर

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  पूर्ण बुढामगर  897 पटक हेरिएको

पूर्ण बुढामगर,

काठमाडौ । सहिद लखन गाउँपालिका ५ मनकामना गोरखामा जन्मिएकि गायिका सीता थापामगर नेपाली लोक सांगीतिक क्षेत्रमा परिचित नाम हो। बि.सं.२०६८ सालमा रमेशराज भट्टराईसँग नौमती बाजा बजाउनु बोलको गीत रेकर्डिङ गरेर औपचारिकरुपमा सांगीतिक क्षेत्रमा लागेकि सिता सानैदेखि गीत संगीतको मोह र पारिवारीक सहयोगले यो यात्रा सफल भएको बताउछिन ।
खास गरि नेपाली मौलिक लोक संगीतलाई अनुशरण गर्ने सीता थापामगरले धेरै जसो मौलिक सालैजो, कौडा,चुट्का,ठाडो भाका,एकल लोक र लोक दोहरी आफ्नो र अरुको गरि सयौँ गीतमा आवाज भरी सकेकीछिन् भने केही गीतहरुले चर्चा पनि बटुलेका छन्।
दर्जनौ आफ्नो एल्वम गरि सकेकि गायिका थापामगरको यो सालको तीज गीत ओइ मेरो नक्कले ।। गीतले पनि राम्रै दर्शकको माया पाएको थियो । तीज लगत्तै आफ्नो एकल लोक गीत मालतेको बन बजारमा ल्याई सकेकि छिन् । जुन गीतले राम्रै प्रतिक्रिया पाइरहेको छ।
सांगीतिक कार्यक्रममा कति ब्यस्त हुनुहुन्छ भन्ने कुराकानीमा अहिले नेपाल मात्र होइन बिश्वनै महामारीमा छ। पहिले त धेरै कार्यक्रमतिर ब्यस्तनै हुन्थे राम्रै आम्दानी हुन्थ्यो तर अहिलेको परिस्थितिमा सबै कलाकारहरुलाई जीवनयापन गर्न गाह्रो नै छ भन्छिन्। अति राम्री,हँसिलो र चुलबुले स्वभाबकी गायिका तपाइको ब्वाइफेन्ड छ कि छैन भन्ने प्रश्नमा ब्यक्तिगत पृष्ठभूमिमा नजाम भो. हा.हा.।हा. मिठो र लामो हाँसो पछिल्लो समयमा आउन लागेका गायिका सीता थापामगरको सांगीतिक कोशेली मौसम गुरुङसँगको मुटु दिएर र अर्जुन थापामगरको शब्द, लयमा जुन उदायो गीत बजारमा ल्याउने तयारीमा छिन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार