लमजुङ : तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
क्होलासोँथार गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। भदौ ५ गते स्थानीय ११ वर्षीया दुई र नौ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी परेपछि गुरुङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। गुरुङले बालिकाहरुलाई कोही नबस्ने खाली घरमा लगेर ललाइफकाइ बलात्कार गरेको पीडितका परिवारको आरोप छ।
पक्राउ परेका गुरुङलाई जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रवक्ता प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए।

1091 पटक हेरिएको 

