निषेधाज्ञामा सुटिङ नगर्नुः म्युजिक भिडियो कलाकार संघ

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  383 पटक हेरिएको

बिश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड १९) ले गर्दा अहिले सबैलाई त्रास फैलाएको छ । साथै दिनानुदिन कोरोना संक्रमित पनि बढीरहेका छन् । केही महिना लकडाउन भयो तर अहिले पछिल्लो समय निषेधाज्ञा जारि गरेको अवस्था छ । जसले गर्दा सबै नेपालीहरु त्रसित हुनुका साथै होम क्वारेनटाईनमा बस्नु परेको अवस्थ छ ।  यो अवस्थामा मानविय धनजन सँगै कष्टपुर्ण जिवनयापन गर्नु परेको अवस्था पनि छ । सोही कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघले प्रेस बिज्ञप्ती जारी गरेको छ ।

यस्तो महामारीमा सरकारले कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी, नारा जुलु्स लगायत अन्य कार्यक्रमलाई बन्देज गरेको सबैलाई थाहा नै छ ।अहिले पछिल्लो समय यस्तो महाबिपत्तिमा पनि केही कलाकारहरुले सुटिङ गरेपछि म्युजिक भिडियो कलाकार संघलाई बिभिन्न सामाजिक सञ्जालमा टिकाटिप्प्णी आएपछि प्रेस बिज्ञप्ती जारी गर्नुपर्ने बाध्यता भएको कुरा जानकारी गराउदै लकडाउन पुर्ण रुपमा खुकुलो नभएसम्म सुटिङ नगर्न र नगराउन यसै संस्थाका अध्यक्ष एबं चर्चित निर्देशक, मोडल शंकर बिसीले अनुरोध गरेका छन् । साथै यस सस्थाको अनुरोधलाई स्विकार गरेर सहयोग गर्ने कुरामा आशाबादी रहेको कुरा अध्यक्ष शंकर बिसीले बताए ।

कलाकारहरु स्टेज कार्यक्रम, स्टुडियोमा रेकडिङ, सुटिङ र अन्य कामहरु गरेर आफ्नो जिविकोपार्जन गर्ने गर्थे भने अहिले सहज रुपमा काम गर्ने अवस्था पनि छैन । केही दिन अघि केही कलकाकारहरुले सुटिङ गरेपछि पछिल्लो समयमा सामाजिक सञ्जालमा चर्चा संगै बिबादपनि आउन थालेको छ । यो कुरालाई ठुलो रुपमा नल्याईदिन र बिबादमा नल्याउनका लागी अध्यक्ष शंकर बिसीले अनुरोध गरेका छन् । सबैले आफ्नो कर्म गर्ने हो, काम नगरी कसैले खान दिन्न । तर केही समय निषेधाज्ञाको पुर्ण पालना गरौं, कोरोना देखी सबै सचेत रहनुपर्छ । कोरोनालाई सबैले जित्न पर्छ भन्ने हाम्रो मान्यता हो भन्दै कोरोना देखी सबै सचेत रहन र आफ्नो स्वास्थ्यको ख्याल गर्न अध्यक्ष बिसीले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार