अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २६७२

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  420 पटक हेरिएको

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । आज ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण गरिएकोमा ५००८ जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २२९ जना कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै कोरोना मुक्त भइ घर फर्किनेको सङ्ख्या ७४ हजार २५२ पुगेको छ । हाल देशभर ३० हजार ८१८ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ४ हजार ६८६ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोना सङक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनामा सङ्क्रमित थपिएका हुन् ।

आज एकैदिन देशभर ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार