जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  628 पटक हेरिएको

काठमाडौं : अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएका छन्।

उनले पछिल्लो मत परिणामा अनुसार २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन्।​ पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेनले जितेका हुन्। उनले पेन्सिल्भेनियाका २० इलेक्टोरल भोट जितेका छन्।

अमेरिकी सञ्चार माध्यमहरुले जो बाइडेन विजयी भएको बताएका छन्। तर, अन्य राज्यहरुमा मतगणना जारी रहेकाले उनलाई आधिकारिक रुपमा विजेता भने घोषणा गरिएको छैन।

राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा पराजित हुने तेस्रो राष्ट्रपति बनेका छन्। तर, पनि ट्रम्पले यो हार स्वीकार भने गरिसकेका छैनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार