एनएमए निर्वाचनका लागि जिम्बाजाङबु शेर्पा प्यानल घोषणा

  मन बहादुर पुन  909 पटक हेरिएको

साउन १६, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को यही साउन २१ गते सम्पन्न हुन लागेको निर्वाचनका लागि जिम्बा जाङ्बु शेर्पाको प्यानल सार्वजनिक गरिएको छ । सो समुहले सोमबार लैनचौर बैंकुटमा पत्रकार सम्मेलनको आयोजना गरी प्यानल घोषणा गरेको हो ।

नेपाली कांगे्रसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीहरुको समर्थन रहेको उक्त प्यानल अब एमाले र माओवादी गठबन्धनमा बनेको सन्तबीर लामा प्यानलसँग चुनाव लड्नेछ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार जिम्बा जाङबु शेर्पा प्यानलको प्रथम उपाध्यक्षमा भूमी लामा, द्वितीय उपाध्यक्षमा ङिमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा पी. छेवाङ शेर्पा र कोषाध्यक्षमा बिमल कुमार नहर्की रहनुभएको छ । त्यस्तै सदस्यहरुमा डा. हरि श्रेष्ठ, आङ छेवाङ शेर्पा, तुलसी गुरुङ, पेम्बा दोर्जे शेर्पा, दुर्गानाथ (बलराम) न्यौपाने, मुकुन्द पोखरेल, दा गेल्जे शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र देवी पन्त रहनुभएको छ ।

‘साँचो प्रतिबद्धता नै हाम्रो एजेण्डा’ भन्ने मुल नाराका साथ आयोजित पत्रकार सम्मेलनमार्फत वातावरण संरक्षण, शिपमुलक मानव संसाधन र स्तरोन्नती, नीतिगत पक्ष, संघद्धारा आयोजना गरिने कार्यक्रमहरु तथा आरोहण र आरोहीहरुको बारेमा समेटिएको दुई पृष्ठ लामो प्रतिबद्धताहरु समेत सार्वजनिक गरिएको छ ।

तपाईंको बिचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार