काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनले केही मत्थर भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को विवाद पुन चर्किदै जाने संकेत देखिएको छ । अध्यक्ष चन्द्र रिजालले माईन्यूट अझै पनि झोलामा लिएर हिड्न नछाडेपछि उक्त विवाद बल्झेको हो ।
कोषाध्यक्ष लिलाबल्लब दाहालले आफुले पटक–पटक ताकेता गर्दा पनि अध्यक्ष रिजालले संस्थाको माईन्यूट नदिई झोलामा लिएर हिड्ने र नयाँ माईन्यूट बनाएर बहुमत छ भन्दै बारम्बार धोका दिएपछि आफुले प्रधानमन्त्री कार्यालयको उच्च स्तरिय सुचना आयोगमा निवेदन दर्ता गराएको बताएका छन् । कोषाध्यक्ष दाहालले गन्तव्य नेपालसँग कुराकानी गर्दै आफुलगायत सम्पूर्ण टान सदस्यहरुलाई वायस गराएर किर्ते विधान संशोधन गराएर अध्यक्ष रिजालले ठुलो गल्ति गरेको बताउँदै आफु अब त्यसको विरुद्धमा नियमन निकाय सिडियो कार्यालय, अदालत, अख्तियार जाने तयारी गरिरहेको बताउनु भएको छ । केही महिना अघि झुक्याएर कोषाध्यक्षको अधिकार कटौती गर्दै विद्यान संशोधन गरेपछि सुरु भएको बिवाद थप उग्र बन्दै गएको हो ।
के भएको थियो टानमा
अध्यक्ष चन्द्र रिजाल सहित वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई विगतमा पटक–पटक आग्रह गरेको र उक्त प्रस्ताव कोषाध्यक्षले अस्विकार गरेपछि यसअघि सम्पन्न टानको साधारण सभामा कोषाध्यक्षको अधिकार कटौती गर्नेगरि विद्यान संशोधनको प्रपञ्च रचिएको थियो । तर सदस्यहरुको विरोधका कारण त्यो योजना तुहिएको थियो ।
साधारण सभामा छलफल नै नभएको विषयमा वर्तमान कार्यसमितिले चाकडी र पावरको भरमा जिल्ला प्रशासन कार्यालयबाट कोषाध्यक्षको अधिकार कटौटी गर्ने गरि विद्यान संशोधन गरेको थियो ।

958 पटक हेरिएको 

