अनशनरत डा. केसीको स्वास्थ्य चिन्ताजनक, आइसियूमा लान चिकित्सकहरुको जोड

  मन बहादुर पुन  898 पटक हेरिएको

काठमाडौँ- आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ। २२ दिनदेखि अनशनरत डा. केसीलाई तत्काल आइसियूमा लगेर उपचार नथाले दुर्घटना हुन सक्ने उनको निगरानी गरेर बसेका डाक्टरहरुले बताएका छन्।

सोमबार साँझ अचानक अक्सिजन स्याचुरेसन घट्नुका साथै छातीको पीडा असैह्य भएका कारण डा.केसीलाई जसरी पनि आइसियूमा लानै पर्ने अवस्था सिर्जित भएको चिकित्सकले बताएका छन्।

डा. केसीले भने आफू होसमा रहुन्जेल कुनै पनि हालतमा आइसियूमा नजाने अडान राख्दै आएका छन्। चिकित्सकहरुले भने डा. केसीको स्वास्थ्यलाई मध्यनजर गर्दै जबर्जस्ती भए पनि आइसियूमा लैजानुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार