काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ।
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा हुने कांग्रेसले जनाएको छ।
सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्।
महामन्त्री डा शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन्।प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

541 पटक हेरिएको 

