उपल्लो डोल्पामा कोरोनाको लक्षणयुक्त बिरामी बढे, औषधि अभाव

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  711 पटक हेरिएको

डोल्पा : उपल्लो डोल्पामा कोरोनाका लक्षण देखिएका बिरामीहरूको संख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ।

डोल्पोबुद्ध,छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासीहरूमा ज्वरो र रुघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका हुन्।

तीनवटा गाउँपालिकाले संयुक्त रूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन्‌। पत्रमा उपल्लो डोल्पामा कोरोनाका जस्तै लक्षण देखिएका बिरामीको संख्या दिन/प्रतिदिन बढिरहेको, डोल्पोबुद्ध गाउँपालिकाका –४ जना कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याइ परीक्षण गर्दा कोभिड पुष्टि भएको, सो कुरा जिल्लादेखि प्रदेश र संघ सरकार समेत जनकारी गराइएको, तर कोरोना परीक्षणदेखि कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत राज्यका कुनै निकायबाट गाउँपालिकाहरूले सहयोग पाउन नसकेको उल्लेख छ।

उपल्लो डोल्पाका स्थानीयवासीले अक्सिजन, व्यक्तिगत सुरक्षा सामग्री तथा औषधि लगाएका सामग्री नपाएको उपल्लो डोल्पाका स्थानीय तहले बताएका छन्।

आफूहरूले पटक-पटक संघ र प्रदेश सरकारसँग माग गर्दा पनि गम्भीरतापूर्वक नलिएको डोल्पो जनजाति विकास केन्द्रका अध्यक्ष ग्याल्पो थापा भोटेले दुखेसो पोखेका छन्‌।

​’चाँडोभन्दा चाँडो माग पूरा गर्न समेत सरकारलाई माग गर्दछौँ,’ डोल्पोवुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले भने।

तत्काल ४ सयदेखि ४५० केजी औषधिका साथै आवश्यक कीट हेलिकोप्टरबाट शे फोक्सुण्डो गाउँपालिकाको सालदाङ र डोल्पोवुद्ध गाउँपालिकाको धोमा पठाइदिन स्थानीयले आग्रह छन्। खच्चडमार्फत उपल्लो डोल्पासम्म औषधि लैजाँदा धेरै समय लाग्ने हुनाले हेलिकोप्टर प्रयोग गर्न आग्रह गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार