
काठमाडौ । बिश्व वातावरण दिवसको अवसरमा नोमद फाउण्डेशनले गोरखा बारपाक सुलीकोट गाँउपालिका २ को भगवती आधारभुत बिधालय, मान्द्रेको प्रांगणमा बिक्षरोपन गरेको छ ।
भगवती आधारभुत बिधालय ब्याबस्थापन कार्यसमितिको अगुवाइमा नोमद फाउण्डेशनको आर्थिक सहयोगमा तीनसय भन्दा बढि अम्रेसो कुंजों लगायत बिभिन्न जातका बोटविरुवा लगाइएको हो ।
नोमद फाउण्डेशनका अभिषेक गुरुङले कार्यकमलाई हातेमालो गरी सहयोग गर्ने भगवती आधारभुत बिधालय ब्याबस्थापन कार्यसमितिका पदाधिकारी शिक्षक,शिक्षिका,स्थानिय बुद्धिजिवी, युवा लगायत सबै सहयोगीलाई धन्यबाद दिएका छन ।
गोरखा बारपाक सुलीकोट गाँउपालिका २ मान्द्रेमा पुस्तकालय स्थापना गरि सामाजिक कार्यमा लागेको नोमद फाउण्डेशनले “हाम्रो घर आगन सधै स्वच्छ र सफा राखौ” भन्ने नाराका साथ स्थानिय बुद्धिजिवि,जनप्रतिनिधि,युवाहरुको समन्वयमा कोभिड १९ को बर्तमान परिस्थितिलाई मध्यनजर राखी बारपाक सुलीकोट गाँउपालिका २ मान्द्रेका टोलमा सरसफाइ कार्यक्रम गर्दै आएको छ ।


880 पटक हेरिएको 

