पर्यटक कुरिरहेको हुम्लाको टाँके भ्याली (फोटो फिचर)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1101 पटक हेरिएको

हुम्ला :  पर्यटकका लागि प्रचुर सम्भावना बाेकेको हुम्लाको टाँके भ्याली प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।​

पाँचऔँले, कुटकी, जटामसी, सेतो चिनी, अतिस, सर्पगन्धा, लगायतका बहुमूल्य जडीबुटी प्रशस्त पाइने र झारल, मृग, नाउरलगायतका जंगली जनावर पाइने टाँके भ्याली प्रचारप्रसारको अभावमा अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन्।

टाँके भ्याली नजिकै ठिङ्ग उभिएको छ ५३५८ मिटरको काङला भञ्ज्याङ्ग । काङ्ला भञ्ज्याङको फेदमा पर्छ टाँके भ्याली । यो भ्याली यति सुन्दर देखिन्छ की मानौ विभिन्न ग्रन्थहरुमा वर्णन गरिएको स्वर्ग यही ठाँउ हो ।​ चंखेली गाउँपालिका–५ नेप्कामा अवस्थित टाँके भ्याली पैदल एक दिन हिडेर पुग्न सकिन्छ।

रमणीयस्थल हुँदाहुँदै पनि टाँके भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैन। यो ठाँउलाई पदमार्गका रुपमा विकास मात्रै गर्न सके चंखेली गाउँपालिका ५ का स्थानीयहरुको आम्दानीको श्रोत बन्ने सम्भावना छ।

स्वदेशी तथा विदेशी पर्यटकका लागि पदमार्गको सम्भावना बोकेको टाँके भ्यालीमा विभिन्न प्रजातीका चराचुरुगी, जंगली जनावर, ताल तलैया झरना छाँगा छहरा र अहिलेसम्म प्रचार हुन नसकेको भ्यु दुलो पनि यही भ्याली भित्र पर्छ।

हुम्ला जिल्लाकै ठुलो झरना कक्षेपु झरना टाँके भ्याली जाने बाटोमै पर्छ। अनौठो फुने छहरा पनि देख्न सकिन्छ। बाह्रै महिना हिमालबाट हिँउ पग्लेर बगिरहने कलकल बग्ने खोला नाला पनि हेर्न अर्को अवसर छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार