नवजात शिशुको हत्या आरोपमा महिला पक्राउ

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  491 पटक हेरिएको

२२ फागुन, चितवन । चितवनमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो ।

मञ्जुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार