छालामा जलन हुने, फोका आउने तथा चिलाउने समस्या ‘एक्जिमा’ के हो ? कसरी जोगिने ?

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  डा अमृता श्रेष्ठ  667 पटक हेरिएको

एक्जिमा भनेको बहिरी छालामा देखिने समस्या हो। यो समस्यामा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने, अलि अलि पानी बगिरहने, छाला कडा हुने लक्षण देखिन्छ ।

एक्जिमाका कारण
१.छालामा प्रतिरोध क्षमताको कमी हुनाले
२.छालामा एलर्जी प्रतिक्रिया
३.छाला रोगबाट प्रभावित बिरामीहरुमा संक्रमण  हुने, जलन हुने र एलर्जी गराउने पदार्थ प्रवेश गर्नाले

एक्जिमाका प्रकार
कन्ट्याक्ट  एक्जिमा : 
जब छाला कुनै एलेर्जी गराउने बस्तुको सम्पर्कमा आउञ्छ तब छालाले स्थानीय प्रतिकिया दिन्छ।

डिसहाइड्रोटिक एक्जिमा: हत्केला र पैतालाको छालामा जलन हुनु र फोका आउनु।

न्यूरोडर्माटाइटिस: टाउको, पाखुरा, नाडी, खुट्टाको तल्लो भागमा चिलाउनु, छाला कठोर हुँदै जानु।

नुम्मुलर  एक्जिमा: छालामा जलन भएर गोलो दाग बस्नु र सो भाग चिलाउने, छाला कठोर हुँदै जानु।

सेबोरिक डर्माटाइटिस: शीर र अनुहारको छालामा हुने चिल्लो पत्र पत्र हुने, पहेंलो दाग देखिनु।

स्टासिस  डर्माटाइटिस: रक्त संचारसँग सम्बन्धित समस्याले घुँडाभन्दा तल्लो भागमा जलन हुनु।

एक्जिमा भएको छालालाई हेरबिचार कसरी गर्ने?
एक्जिमा वा एलर्जीमा कुनै पनि किटाणु  हुँदैन। यो सर्ने रोग होइन तर  वंशाणुगत हुन सक्छ।

संभव भएसम्म तपाईंको छालालाई कम्तिमा पनि दिनको दुई तीन पटकसम्म क्रिम लगाउने। यसमा छालाको प्रकृति अनुसार छालारोग विशेषज्ञको सल्लाहमा लगाउनु उचित हुन्छ।

घरको काम गर्दा हातको सुरक्षाको लागि पन्जाको प्रयोग गर्ने।

साबुनको प्रयोग कम गर्ने।

आरामदयी कपडा लगाउने। जस्तै सुतीको कपडा।

नकन्याउनुस्। कन्याउँदा एकछिनको  लागि मात्रै जाती हुन्छ तर लामो समयमा यसले तपाईंको छालालाई अझ सुक्खा बनाउछ।

एक्जिमाको उपचार चाँडै गर्नुहोस्। जति गम्भीर हुन्छ नियनत्रण गर्न त्यति गाह्रो हुन्छ।

-(डा अमृता श्रेष्ठ  शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालमा छालारोग विशेषज्ञका रुपमा कार्यरत छिन्।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार