नेपाल मगर संघको १२ औ राष्ट्रिय महाधिवेशन चैत २५ देखि २७ गतेसम्म दाङ घाेराहीमा हुँदै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  1020 पटक हेरिएको

काठमाडौँ । नेपाल मगर संघ केन्द्रीय समितिको १२ औ राष्ट्रिय महाधिवेशन यहि २०७८ चैत्र २५, २६ र २७ गते लुम्विनी प्रदेशको दाङ घोराहीमा हुने भएको छ ।

नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरको अध्यक्षतामा बुधबार र बिहिबार बसेको केन्द्रीय समितिको २० औ नियमित पुर्ण बैठकले २०७८ चैत्र २५ देखि २७ गतेसम्म दाङ घोराहीमा १२ औ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठकले महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधीहरु आयोजक, केन्द्रीय भातृसंस्था, प्रदेश समिति, प्रवास शाखा, जिल्ला समन्वय समितिले प्रतिनिधीहरुको आवश्यक कागजपत्र, यहि चैत्र १० गते भित्र केन्द्रीय कार्यालयमा र प्रतिनिधी शुल्क, संस्थागत आर्थिक दायित्व बैक खातामा दाखिला गरिसक्नु पर्ने र यदि चैत्र १० गते भित्रै नगरेमा प्रतिनिधित्वबाट बन्चित हुने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार