
काठमाडौं : नेपाल मगर संघको १२ औं ऐतिहासिक महाधिवेशनव्दारा सर्बसहमतिमा निर्वाचित अध्यक्ष ज्ञानेन्द्र पुन मगर महासचिव टेक नामजाली मगर लगायत पदाधिकारी तथा सदस्यहरुकाे पदभार हस्तान्तरण कार्यक्रम भव्यताका साथ केन्द्रीय कार्यालय कलंकीमा पितृ पुजा गरेर सम्पन्न भएको छ ।
पदभार ग्रहण कार्यक्रममा निर्बतमान अध्यक्ष नबिन रोका मगरले निर्वाचित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै मगर संघ र समाजमा विवेक हराएकाहरुको संख्या थपिएको जानकारी गराउदै मुद्दा मामिला गरेर नेपाल मगर संघ र मगर जातिलाई कमजोर पार्ने मगर विरोधीलाई सबैले चिन्न र आत्मालोचना नगरेमा मगर समाजले बहिष्कार गर्न सुझाव दिएका थिए ।
गत चैत २५ देखि २७ गतेसम्म दाङको घोराहीमा सम्पन्न संघको १२औं राष्ट्रिय महाधिवेशनले ज्ञानेन्द्र पुन मगरकाे अध्यक्षतामा १२३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
संघकाे सह-अध्यक्षहरुमा गंगाबहादुर थापा मगर, गंगा खासु मगर र दलबहादुर विरकट्टा मगर निर्वाचित भएका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा धनवहादुर पुनमगर, महिला उपाध्यक्षमा सिमा गर्बुजा पुनमगर र खुल्ला उपाध्यक्षमा तेज तामामी मगर, रक्षाबहादुर रैका मगर, जगतबहादुर रेश्मी मगर, सिता राना मगर, दरजित रोका मगर र गीता सारु मगर चयन भएका छन् ।
(बाह्र मगरात) उपाध्यक्षमा गणेश पिठाकोटे मगर, अथार मगरात) उपाध्यक्षमा जीवन प्रवेश रोका मगर, सांस्कृतिक उपाध्यक्षमा कवीराज मगर चयन भएका छन् ।
त्यसैगरी महासचिवमा टेकबहादुर नामजाली मगर, उपमहासचिवहरुमा पत्रकार तथा निर्देशक पुनसहित खगेन्द्र पुन मगर, एकु थापा मगर, कमला थापा मगर, सविना बुढा मगर, होमराज खपांगी मगर, शारदा मगर, चन्द्रज्यती आले मगर, जयप्रकाश बुढा मगर, खेम पुन मगर, राजु राना मगर, सावित्री राना मगर, छत्रबहादुर लुंगेली मगर, समिर राना मगर, कमल थापा मगर, मिनबहादुर दलांमी मगर, लिला मास्की राना मगर निर्वाचित भएका छन् ।
सचिवमा भातृ संगठनबाट बिनिता आले मगर, प्रवासबाट छत्रबहादुर घले मगर, प्रदेश नं १ बाट तेजकुमार आले मगर, मधेश प्रदेशबाट रामकुमारी आले मगर, बागमती प्रदेशबाट राजकुमार थापा मगर, गण्डकी प्रदेशबाट लोकेन्द्र तारामु थापा मगर, लुम्बिनी प्रदेशबाट विमल सारु मगर, कर्णाली प्रदेशबाट आसुराम सोमै मगर, सुदुर पश्चिमाञ्चलबाट विन्द्रा बलामी थापा मगर चयन भएका छन् ।
कोषाध्यक्षमा भने हिरासिंह सराइकोटी मगर र सहकोषाध्यक्षमा पूर्णबहादुर राना मगर चयन भएका छन् ।
त्यसैगरी निर्वाचन समितिको संयोजकमा सिद्धान्त जर्गा मगर, लेखा समितिको संयोजकमा जीवन थापा मगर, अनुशासन समितिको संयोजकमा अशोक सारु मगर चयन भएका छन् ।

997 पटक हेरिएको 

