मृत्यु भएको साढे २ महिनापछि अमृताको अन्त्येष्टि हुँदै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  363 पटक हेरिएको

बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ ।

घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने भएपछि माइती पक्ष अन्त्येष्टी गर्न सहमत भएको हो ।

गएको चैत ३० गते राति शंकास्पद मृत्यु भएपछि अमृताको शव ७३ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थियो । मृतकका दाजु पुष्प खड्काले माइती पक्षले राखेका माग पूरा गर्न घर पक्ष सहमत भएकाले शुक्रबार अन्त्येष्टी गर्न लागिएको बताए ।

अमृताको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिंदै सडक आन्दोलन गरेको थियो ।अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार