तस्बिरमा साम्राज्ञी हट एण्ड सेक्सी

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  208 पटक हेरिएको

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला पोखरामा छिन् । उनी फिल्म सुटिङका लागि भन्दा पनि घुमघामका लागि पोखरा पुगेकी हुन् । पोखरा घुमघामका तस्बिर उनले सामाजिक संजाल मार्फत पनि शेयर गरेकी छन् । तस्बिरमा उनले स्वीमवेयर समेत प्रयोग गरेकी छन् । तस्बिरमा साम्राज्ञी हट एण्ड सेक्सी देखिएकी छन् । जसमा उनको मादकता र सौन्दर्य समेत झल्किएको छ ।

साम्राज्ञीले हालै ‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकेकी छन् । बेलायत र फ्रान्सका विभिन्न सहरमा छायांकन भएको फिल्ममा उनी मुख्य भूमिकामा छिन् । करिब एक महिनाको  सुटिङको ह्याङ हटाउन उनी पोखरा घुमघाममा निस्किएको बताइन्छ ।

‘ड्रिम्म’ बाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञी पछिल्लो समयकी हिट हिरोइन हुन् । उनलाई फिल्ममा लिन निर्माता निर्देशक बर्षाै कुर्न समेत तयार छन् । ‘लण्डन टु पेरिस’ मा साम्राज्ञीले कबीर खड्का र निश्चल खड्कासँग रोमान्स गरेकी छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार