टी-२० विश्वकप : उद्घाटन खेल हुने रंगशालामा हावाहुरीले गर्‍यो क्षति

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  231 पटक हेरिएको

काठमाडौँ : आईसीसी टी-२० विश्वकपको उद्घाटन खेल हुने अमेरिकाको डलासस्थित ग्रान्ड प्रेयरी क्रिकेट मैदानमा वर्षा र हावाहुरीले क्षति गरेको छ।

बेलायती सञ्चारमाध्यम बिबिसीले उक्त खेल मैदानमा मंगलवार रातभरि नै ठूलो पानी परेको जनाएको छ। ८० माइल प्रतिघण्टाको वेगमा चलेको हावाहुरीले मैदान वरिपरिको संरचनामा समेत क्षति गरेको जनाइएको छ।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रवक्तालाई उद्धृत गर्दै दर्शक बस्ने प्यारापिटमा पनि क्षति पुगेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर यसले विश्वकपका खेलमा असर नपर्ने आईसीसीका प्रवक्ताले बताएका छन्।

खराब मौसमकै कारण अमेरिका र बंगलादेशबीचको वार्मअप म्याचसमेत रद्द भयो। स्थानीय समयअनुसार बुधवार (आज) विहान साढे १० बजे आयोजकमध्येको अमेरिका र बंगलादेशले अभ्यास खेल खेल्ने तालिका थियो।

आईसीसी टी-२० विश्वकप यही जेठ २० गते (जुन २) देखि वेस्ट इण्डिज र अमेरिकामा शुरु हुँदै छ।

ग्रान्ड प्रेयरी क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिष्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार