आज नेपाल र भारतको उपाधि भिडन्त

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  327 पटक हेरिएको

काठमाडौं :  काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन्।

यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। खेल सवा ५ बजे  दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ।

मङ्गलबार भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।

मङ्गलबार नै भारतले श्रीलंकालाई ३-० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो। यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुनेछ।

लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो।  नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गरिन्। कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पुर्‍याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गरिन्। नेपालका प्रशिक्षक जगदीश भट्टले खेलाडीको क्षमता र आत्मविश्वासले भारतलाई हराएर उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए।

नेपालले लिग चरणमा भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार