बादुर गाउँका बिधार्थीहरुले खोलाकाे छेउमा रात बिताउन बाध्य

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  पिर्थ थापा मगर  800 पटक हेरिएको

पिर्थ थापा मगर

काठमाडाै ।  पाल्‍पा जिल्‍ला  माथागढी गाउपालिका  वडा न: ७ बादुर गाउँका विद्यार्थीहरु  दैनीक ६ घन्‍टा पैदल हिडेर  सिद्धार्थ मा.वि रहबास चिर्तुङमा  पढ्‍न  जाने गरेका छन् । सिद्धार्थ मा.वि. मा अध्‍यन गर्न जाने  बादुर गाउँका विद्यार्थी २२ जना  दैनिक ६ घन्‍टा पैदल यात्रा गरेर पछि मात्र   विद्यालयले पुग्ने बाध्यता छ ।

घर देखी विद्यालय र विद्यालय देखि घर सम्‍म आउदा जाँदा उनिहरुले दैनिक  आधा दर्जन भन्‍दा बढि ठुला-ठुला खोलाहरु पार गर्नु पर्छ अझै सम्म कुनै पनि खोलामा पुल नबन्दा बर्षाको समयमा निकै समस्या परेको बादुर गाउँ विद्यार्थीहरु बताउछन्  । बर्षाको समयमा खोलाको बहाव बढ्‍ने भएकोले गर्दा बादुर गाउका विद्यार्थीहरुको दैनिकी निक्‍कै कष्‍टकर  बनेको छ । हिउद होस यात बर्षा  घर देखि विद्यालयको दुरी धेरै लामो भएकोले गर्दा  हरेक समयमा विद्यार्थीहरुले विभिन्‍न समस्या झेल्‍दै आइरहेका छन ।

बर्षाको समयमा  विद्यार्थीहरु झनै बढी समस्यामा पर्छन  । विद्यालयदेखि घर फर्कने क्रममा खोलाको बहाव  बढेर खोला तर्न नसकि खोला घटेर तर्ने आशामा बस्‍दा बस्‍दै धेरै पटक  आधी रात सम्‍म त्‍यही खोला छेउकै जंगल भित्र रात बितानु परेको बादुर गाउका विद्यार्थीले  बताए  । त्‍यति मात्र होइन  घर देखि विद्यालय जाने आउने क्रममा  खोला बढेर कहीले कपि किताब, कहिले झोला त कहिले  चप्‍पल बगाउदा  विद्यार्थीहरु विद्यालय पुग्‍न नपाइ पुनः घरमै फर्कि आएको सुनाउ छन बादुर गाउका एक जना विद्यार्थीका अभिभावक चन्‍द्र विर सारु मगरले ।

दैनिक  ६ घन्‍टाको यात्रा गर्नु पर्दा शरिर त्‍यतिकै ठाकिन्‍छ त्‍यस माथि बर्षाको समयमा खोला बढ्‍ने भएकोले  तर्न नसकी विच बाटोमै  रोकि बस्‍नु पर्ने भएकाेले घरबाट  विद्यालय र विद्यालयबाट घरमा कति बेला पुगिन्‍छ भन्‍ने निश्‍चित नै हुदैन । अभिभावकहरु भन्छन बर्षाको समयमा त  छोरा छोरीलाइ विद्यालय पठाउन नि मन लाग्‍दैन  छोराछोरीले फेरि खोला छेउ मै रात बिताउनु  पर्ने हो कि भनेर मन भरी  चिन्‍ता पिर र त्रास लिएर  विद्यालय जान्‍छन भने हामि बाउ आमाहरु विद्यालयबाट  केटाकेटि घर  नआइपुग्‍दा सम्‍मन मनमा शान्‍ति हुदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार