भिडिओ प्लेटफर्म युट्युब अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको मुद्दा समाधान गर्न लगभग २ करोड ४० लाख डलर तिर्न सहमत भएको छ ।
सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल हिलमा दंगाताका युट्युबले आफ्नो युट्युब अकाउन्ट बन्द गरिदिएपछि ट्रम्पले उक्त मुद्दा दायर गरेका थिए ।
जसमा युट्युबको मूल कम्पनी अल्फाबेट (जो गुगलको पनि मालिक हो) ट्रम्पलाई माथि उल्लिखित रकम तिर्न तयार भएको हो ।
यसअघि सामाजिक सञ्जाल प्लेटफर्महरू एक्स (पहिले ट्विटर) र फेसबुक पनि ट्रम्पका अकाउन्ट निलम्बन गरेकामा उनलाई भुक्तानी गर्न सहमत भएका थिए ।
ट्रम्पले युट्युब र अन्य प्राविधिक कम्पनीहरूलाई राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए ।
उनले ती कम्पनीहरूले २०२१ को क्यापिटल दंगापछि कन्जरभेटिभ आवाजलाई अनुचित रूपमा सेन्सर गरेको दाबी गरेका थिए ।
त्यतिबेला ती सामाजिक सञ्जाल कम्पनीहरूले भने ट्रम्पको कार्यले अमेरिकामा थप हिंसा भड्काउन सक्छ भन्ने तर्क गरेका थिए ।