राष्ट्रपतिसामु प्रधानमन्त्री कार्की र ओली-देउवा-प्रचण्डबीच निर्वाचन सफल बनाउने समझदारी

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  40 पटक हेरिएको

काठमाडौँ : आगामी फागुन २१ को निर्वाचन सफल बनाउन प्रमुख तीन दल र सरकारबीच समझदारी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलवार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालसँगको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार चुनावको वातावरण बनाउन विस्तृत छलफल पुन: बालुवाटारमै गर्ने समझदारी पनि बनेको छ।

देशको परिस्थिति गम्भीर अवस्थामा रहेकाले निकास दिनका लागि चुनावको घोषण भएको जानकारी दिँदै राष्ट्रपति पौडेलले गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्न अनुरोध गरेका पनि उनले बताए।

भेटमा प्रधानमन्त्री कार्कीले विषम परिस्थितिलाई लयमा ल्याउन तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताएकी पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार