संसारकै सबैभन्दा पुरानो बुद्ध धर्म र मगरको सम्बन्ध

  भिक्षुनाम मगर  7001 पटक हेरिएको


–भिक्षुनाम मगर
बुद्ध धर्म संसारकै सबैभन्दा पुरानो धर्म हो । अहिले विश्वमा मुख्य रुपमा चार प्रमुख धर्म रहेका छन् । जनसंख्याको हिसाबमा विश्वको दोश्रो ठूलो धर्म बुद्ध धर्म हो  । जनसंख्याको दृष्टिले इसाइ धर्म ठूलो भए पनि इसाइ धर्म भन्दा बुद्ध धर्म ६ सय वर्ष पुरानो धर्म हो भने मुस्लिम धर्मभन्दा १२ सय वर्ष पुरानो धर्म हो । इसाइ धर्मका प्रवर्तक जेसिस चौध वर्षको उमेरमा बुद्धधर्म अध्ययनका लागि भारतमा आएका थिए ।

इसाइको दुई सय वर्षपहिले अशोक महाराजले बुद्ध धर्म प्रचारका लागि सयौं मग्गू जातिहरुलाई धर्म दूतका रुपमा प्रसिया, ग्रीक, इजिप्ट, उत्तरी अफ्रिकासम्म पठाएर बुद्ध धर्मको व्यापक प्रचार गर्नुभएको थियो । जसको कारणले पश्चिमा मुलुकमा बुद्ध धर्मको राम्रो प्रभाव थियो । यही कारणले जेसिस बुद्ध धर्म अध्ययनका लागि चौध वर्षको उमेरमा वर्तमान भारतको कास्मिरमा आएका थिए । पन्ध्र वर्षसम्म उनी भिक्षु भएर बसेका थिए उनन्तीस वर्षको उमेरमा जेरुसेलम फर्केका थिए । तर, नेपालका नयाँ इसाइहरु यो कुरालाई मान्न तयार छैनन् । उनीहरु यसो भन्छन् यो कुरालाई बंग्याएर जेसिस कास्मिरमा काठ मिस्त्रीको काम गर्न आएका थिए भनेर स्वयम् आफूले पन्ध्र वर्षसम्म बुद्ध धर्म अध्ययनपछि आफूले सिकेको ज्ञान आफ्नै जन्मस्थान गएर धर्म प्रचार गर्छु भनेर फर्किएपछि उहाँका अनुयायीहरुले उहाँलाई ईश्वरको दूत बनाए भने तत्कालीन समयमा हिन्दू धर्म भन्ने थिएन ।

अहिले हिन्दूहरुले जसरी हजारौं वर्ष पुरानो हिन्दू धर्म हो भनेर प्रचार गरे पनि यसको प्रमाण पाइँदैन । हिन्दू धर्मको सुरुवात भएको पाचौं शताब्दीबाट मात्र भएको प्रमाण पाइन्छ । यसले के स्पष्ट हुन्छ भने हिन्दू धर्मभन्दा बुद्ध धर्म १००० वर्ष पुरानो धर्म हो । बुद्धकालीन समयमा एउटा धार्मिक विधि थियो जसलाई वैदिक धर्म भनिन्थ्यो । पाचौं शताब्दीभन्दा पहिले हिन्दू धर्म चिनाउने कुनै बस्तुकला पाइँदैन ।यदि हिन्दूहरुले भने अनुरुप देवनागरीलाई नै प्राचीन मान्ने हो भने अशोक स्तम्भमा लेखिएका भर्मिये रिक्की (ब्राह्मी लिपि) मा रहेको लिपि भन्दा पुरानो हुनुपर्ने हो तर हिन्दू धर्मको सबैभन्दा पुरानो ग्रन्थ रुद्र दमनू संस्कृत भाषामा भए पनि लिपि भने ब्राह्मी लिपि (भर्मिये रिक्की) मै लेखिएको छ ।

यसले पनि के स्पष्ट हुन्छ भने साहित्य, लिपि यावत कुरामा हिन्दू धर्म भन्दा बुद्ध धर्म धेरै पुरानो भएको स्पष्ट हुन्छ । तिनै मग्गू’ जाति (आजका मगर) ले लिपि, साहित्य संसारमा सबैभन्दा पहिले विकास गरेका थिए । तिनै मग्गू मगधीहरु बुद्ध धर्म अनुयायी थिए जसले आफूलाई लिपि, साहित्य सिर्जनामा अब्बल बनाए आज तिनै मग्गूका सन्तान मगरहरुमा ती सबै नरहे पनि विभिन्न कुराहरु भाषागत रुपमा अहिलेका मगरहरुले जोगाएर राखेका छन् । तत्कालीन जबमुद्वीपमा तीन भाषा मुख्य रुपमा चलन चल्तीको भाषा थियो । पाली, संस्कृत र मग्ग–मग्ग जतिले बोल्ने भाषा) यी तीन भाषामा मग्ग भाषा मग्ग जातिले बोल्ने भाषामा पाली भाषाको बेसी प्रयोगले उक्त भाषामा परिवर्तन हुँदै गयो । त्यही कारणले हुनुपर्छ अहिले पनि पाली भाषामा मगर भाषा धेरै मिल्न गएको छ । जसरी हिन्दू र मुसलमानको आक्रमणले बुद्ध धर्म भारतबाट लोप भयो । यो सँगसँगै तत्कालीन पाली भाषा र मग्ग भाषालाई पनि जनमानसबाट लोप गराइयो ।

आठौं र नवौं शताब्दीमा हिन्दूहरुले बुद्ध धर्ममा आक्रमण गरे पछि हिन्दूहरुले बुद्ध विहार नष्ट गरे भने कतिपय बुद्ध विहारलाई हिन्दूको मन्दिरका रुपमा परिवर्तन गरे त्यही समयमा केडारिक बुद्ध विहारलाई हिन्दूहरुले हिन्दूको मन्दिरका रुपमा परिवर्तन गरेर अहिले त्यो हिन्दूहरुको प्रसिद्ध केदारनाथ बेनको छ । हिन्दूहरुले त्यतिबेला तत्कालीन भाषालाई पनि नष्ट गरे । हिन्दूहरु कतिसम्म हिंस्रक हुन्छन् आफ्नो शासन जोगाउनका लागि उनीहरु जे गर्न पनि पछि हट्दैनन् । उदाहरणका लागि नेपालकै म्याग्दी, पर्वत, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँचीका मगरलाई लिन सक्छौं । यी ठाउँका मगरले मर्ग भाषा बोलेमा चार पैसा दन्ड तिर्नुपर्ने कानुन तत्कालीन हिन्दू शासकले लगाएकाले ती ठाउँबाट मर्ग भाषा लोप हुन गयो । अहिले नेपालमा विभिन्न शक्तिपीठलाई भगवती भनेर बलिदिएर पूजा गरिएको पाइन्छ । पूजा १११ पूजा शब्द सायद नेपाली समाजलाई तत्कालीन हिन्दू शासक वर्गले जबरजस्ती रुपमा बली दिपर्ने कानुन बनाए, यसको बदलामा भगवती देवी खुसी भएर बरदानस्वरुप सुख, शान्ति प्रदान गर्ने छन् । कुनै अदृश्य शक्ति खुसी बनाउने नाममा नरवली, सुमेघ जस्ता महायज्ञ लगाउन पनि पछि परेनन् । आनी नेपाली समाज अन्धा भक्त बनेर पूजाको नाममा निर्दोष प्राणीको बली चढाइरहेका छन् ।
हामी मानव विवेकशील भनेर गर्व गर्न निकै रुचाउँछौ एकपल्ट यो विवेकशील चेतनाले सोचौ त हामीले आफ्नो शरीर कति माया गर्छौ अनि शोभाग्यमय ठान्छौं । हाम्रो मानव आफ्नो शरीर र जीवनलाई माया गर्छ अनि शौभाग्यमय ठान्छ ।

हामी मानव आफ्नो सन्तानको जति माया गर्छौं अरु प्राणीले पनि आफ्नो सन्तानको उत्तिकै माया गर्छौ त्यसैले अन्धभक्त भएर होइन सही र गलत छुट्टाएर पूजा गरौं । पूजाको अर्थ त असीमित छ तर मानिसले यसलाई कुनै अदृश्य शक्तिको नाममा निर्दोष प्राणीको बली दिएर सीमित बनाए । पूजाको अर्थ त सेवा गर्नु गुणगान गाउनु, सत्य कुराको भक्तिभाव गर्नु हो, निर्दोष प्राणीको बली चढाएर पूजा कहाँ हुन्छ र त्यो त हिंसा हुन्छ । भगवती शब्द पाली भाषाको भगवा÷भगवता÷भगवती÷भगवतीबाट बनेको हो । यसको अर्थ हुन्छ उहाँ भगवान् हुनुहुन्छ जस्तो –तस्मि भगवती बर्हमिय चारियं चरामू अर्थात् उहाँ भगवान मेत्त –मुदिता÷उपेक्खा) करुणाले सम्पन्न ब्रह्मचरियाले युक्त हुनुहुन्छ भन्ने हुन्छ । तर, यो शब्दलाई हिन्दूले परिवर्तन गरेर गलत रुपमा प्रयोग गरे । यसरी मर्ग समाजमा रहेको बौद्ध परम्परालाई हिन्दू शासकले जबर्जस्ती रुपमा परिवर्तन गराएका थिए । तर पनि मर्ग समाजमा हिन्दू धर्म एउटा कर्मकाण्ड चलाउने माध्यममात्र बन्यो । यसले मगर समाजमा रहेको सांस्कृतिक परम्परालाई खासै असर पार्न सकेन ।

हिन्दू शासकले मर्ग समाजमा आफ्नो मातृभाषा बोल्नमा बन्देज लगाए पनि रोक्न भने सकेन । अहिले मगर जातिमा तीन किसिमको भाषा रहेको पाइन्छ । ढुट, खाम र काइके यी भाषा प्राचीन मग्गू जातिले बोल्ने भाषा नै थियो । तत्कालीन समयमा मग्गू र पाली भाषा चलनचल्तीको भाषा जुन धेरै मात्रामा सामन्ता थियो जसकारणले गर्दा अझै पनि मगरले बोल्ने भाषा र पाली भाषामा धेरै शब्दहरु मिल्छ । भाषा समयअनुसार हर १० कोष पर पुगेपछि परिवर्तन हुन्छ । मगर भाषामा पनि अरु भाषा मिसिन पुग्यो । यसमा नेपाली खस भाषा धेरै घुलमिल हुन पुग्यो जसले गर्दा मगर भाषामा परिवर्तन हुन गयो । मगरको पहिचान ओझेलमा परेतापनि हाम्रो पहिचान, विरासत आजभन्दा २५ सय वर्ष पहिलेदेखिको थियो भन्ने कुरा लिखित प्रमाणहरु हामीसँग जीवित छन् । संसारको पुरानो धर्मग्रन्थ बुद्ध धर्म ग्रन्ध तत्कालीन मग्ग जतिले विकास गरेको लिपि बर्हमिय रिक्की पछि ब्राह्मी लिपि बन्न पुग्यो लेखिएको थियो । पाली भाषासँग मेल हुने मगर शब्द ।

नालंदा विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय नालन्दा विश्वविद्यालयको नामकरण मगर भाषामै गरिएको थियो भन्ने स्पष्ट हुन्छ । किनभने नालन्दु शब्दको अर्थ पाली भाषा र मगर भाषामा एउटै हुन्छ । पाली भाषाको दुइटा शब्द नालनू र लद्धा मिलेर नलनंलद्धा भएर नालन्दू बेनको हो । अर्थात् कमलको फूल भेटियो, राखियो हुन्छ । नालन अर्थात् कमलको फूल, लद्धा अर्थात् भेटियो, राखियो हुन्छ । बुद्ध धर्ममा कमलको फूललाई शिक्षाको प्रतीक मानिन्छ भने मर्ग भाषामा पनि दुइटा शब्द मिलेर बनेको छ । नालनू अर्थात् कमलको फूल र डा, दा अर्थात् राख्यो, राखियो हुन्छ ।

उक्त विश्वविद्यालय सुरुमा बुद्ध धर्ममा अग्रश्रबक सारीपुत्र र मौदगल्यान भिक्षुको जन्मस्थानमा इसाको तेश्रो विहारको नाममा स्थापना गर्नुभएको थियो । जुन विहार इसाको पाचौं शताब्दीमा आइपुग्दा महाविहारका रुपमा विकसित भइसकेको थियो । इसाको पाचौं शताब्दीमा सम्राट कुमार गुप्ताको समयमा यस नालन्द महाविहारलाई नालन्द महाविद्यालयका रुपमा स्थापना गरियो । जुन संसारको पहिलो महाविद्यालयका रुपमा मानिन्छ ।

यस विश्वविद्यालयमा मुख्य रुपमा बुद्ध धर्म दर्शनको अध्ययन अध्यापनको साथै अन्य १४ शास्त्रमा अध्यापन गराइन्थ्यो । यहाँ खगोलशास्त्र, ज्योतिषशास्त्र, जीवविज्ञान जस्ता विषयमा अध्यापन हुन्थ्यो । यहाँ अध्ययनका लागि टेस्ट परीक्षा उत्तीर्ण गर्नुपथ्र्यो । यहाँ अध्ययनका लागि चीन, जापान, कोरिया, श्रीलंका, तिब्बत, इन्डोनेसिया, श्यामा, ग्रीकबाट अध्ययनका लागि आउने गर्थे । प्रसिद्ध चिनियाँ यात्री हु यान साग, फा हि यान पनि अध्ययनका लागि यहाँ आइपुगेका थिए । त्यतिबेला यहाँको आचार्य भिक्षु शिलभद्र थिए । यहाँ अध्ययनका लागि सबै सम्प्रदायका लागि खुला थियो कुनै किसिमको रोक थिएन । यहाँ बसेर अध्ययन गर्नका लागि भिक्षु जीवनमा बसेर भिक्षु विनयको कडा पालन गर्नुपथ्र्यो । यही नालन्द महाविद्यालयमा हिन्दू धर्म प्रवर्तक शंकरार्चयका गुरुले पनि अध्ययन गरेका थिए त्यो हिन्दूको एउटा षड्यन्त्र थियो । तत्कालीन समाजमा हिन्दू धर्ममा आस्था राख्नेहरु घट्दै गएपछि बदलाको प्रतिशोधले हिन्दू ब्राह्मणले षड्यन्त्रपूर्वक तरिकाले त्यहाँ अध्ययन गर्ने बहानामा पठाएका थिए । जसको कारणले नालन्द विश्वविद्यालय पहिलोपटक हिन्दूको आक्रमणको सिकार बन्यो ।

नालन्द विश्वविद्यालयको महत्व यति धेरै बढ्दै गयो तिब्बतका राजाले आफ्नो दूत पठाउँदा त्यहाँको राजालाई नभई नालन्द विश्वविद्यालयमा पठाएका थिए । बुद्ध धर्म संस्कृति, शिक्षाको विकासका लागि भिक्षुलाई निमन्त्रणा गरेका थिए । नालन्द विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि श्रीलंका, इन्डोनेसियाका राजाले आश्रमको निर्माण गरेका थिए । इसाको सातौं शताब्दीमा यही विश्वविद्यालयमा तिब्बती लिपिको विकास भएको थियो । इसाको ११९७ मा मुसलमान बादशाह विखतियार खिल्जीको आक्रमण पूर्ण रुपमा ध्वस्त भएको थियो । यहाँ रहेको सबै शास्त्र जलाएर नष्ट पारियो । त्यहाँबाट आफ्नो ज्यान जोगाएर कतिपय भिक्षु नेपाल, तिब्बततिर प्रवेश गरे ।

बुद्ध धर्ममा सबैभन्दा उत्तम तीर्थस्थल लुम्बिनी, जहाँ भगवान् बुद्ध जन्मनुभयो उक्त स्थान मग्ग–मगर भाषाबाटै रहन गएको हो । मगहरुको भाषामा लुम्बिनीलाई लुम्बेनी भन्ने गरिन्थ्यो । दुइटा शब्द लुङ्ग अर्थात् समथर, सुन्दर र बेनी अर्थात् संगमस्थल यी दुई शब्द मिलेर लुम्बेनी बन्न पुगेको हो भने पाली भाषामा लुम्बिनी, रुम्बिनी’ भन्ने गरिन्थ्यो । पाली भाषाको लुम्वाना शब्दबाट बनेको हो, अर्थात् समथर, सुन्दर, जंगल, संगमस्थल भन्ने हुन्छ । उक्त समयमा त्यस ठाउँमा सबै भेला हुने संगमस्थल, सुन्दर बगैंचा थियो, जसले गर्दा लुम्बिनी नाम रहन पुगेको हो ।

प्रसिद्ध चिनिया यात्री हुयान सागले आफ्नो यात्रा विवरणमा लाम्वानी लाफानी÷लाम्बानी उल्लेख गरेको पाइन्छ । संस्कृत भाषामा शब्दबाट बनेको हो पनि भन्ने गरिन्छ । हे. उच्चारणमा समान्ता लावन्यस पाली भाषा लुम्बिनी–रुम्बिनी मग्ग –मगर) भाषा लुम्बेनी लुङ्गबेनी । यी शब्दको अर्थ र उच्चारण एउटै हुनुले पनि मगर भाषाबाटै नाम रहन गएको हुनुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार