घुम्न चाहनेहरुका लागि एक उत्कृष्ट गन्तव्य पुनहिल

  मन बहादुर पुन  1620 पटक हेरिएको

मन बहादुर पुन
सुन्दर प्राकृतिक सौन्दर्यमा रमाउदै घुम्न चाहनेहरुका लागि एक उत्कृष्ट गन्तव्य हो पुनहिल घोरेपानी । मनमोहक हिमाल नियाल्दै घनाजंगलको बाटो पहिल्याउदै पुनहिल पुग्दा स्वर्गमा पुगेको आभाष हुन्छ ।

हिमालहरु नजिकैबाट दृश्यवलोकनका लागि पुनहिल स्वदेशी विदेशी पर्यटकहरुको लोकप्रिय स्थल बनेको छ । नेपालको छोटो पदयात्रामा परिचित घोरेपानी पुनहिलमा सिजनमा दिनमै पाँच सय भन्दा पर्यटकहरुको पुग्छन ।

पोखराबाट नयाँपुल, लान्द्रुक, घान्द्रुक,घोरेपानी हुदै पुनहिल भ्यु टावर पुग्न सकिन्छ । पुनहिल पुग्नेबाटो बिरठाँटी, उल्लेरी हँदै घोरेपानी हो । यसको अलवा वेनी हुदै राम्चे काफलडाँडामा रहेको करवाकेली बाबा थानको अबलोकन गरि डाँडैडाडा प्राकृतिक सौन्द्रर्य सँग रमाउदै फुलबारी हुदै पुनहिल पुग्न सकिने सबैभन्दा छोटो र रमणिय पदमार्ग हो ।

पुनहिलबाट नजिकै हिमाल देख्न सकिन्छ । घोरेपानीमा खान बस्नको लागि राम्रो ब्यवस्थित होटेलहरु छन । पुनहिल पदमार्गमा हिमाली दृश्यमात्र नभइ गुरुङ, पुन समुदायको अमुर्त संस्कृतिको अनुभव बटुल्न सकिन्छ । तिनचार दिनमा पुनहिल पदमार्ग सकिन्छ ।
अप्रिल मार्च महिनामा यो पदमार्गको बाटैभरि गँुरास फुलेको भेटिन्छ । घना जंगलमा रातै फुलेको गुराँस देख्दा सबैको मन प्रफुल्लित हुन्छ । पदमार्गका गाँउहरुमा टिपिकल नेपाली घरहरु देख्न पाइन्छ । कतिपय गाँउहरुमा होमेस्टे सञ्चालन पनि भएका छन । ३ हजार २ सय १९ मिटर उचाइमा रहेको पुनहिलबाट अन्नपुर्ण, धौलागिरी पुरै देखिन्छ । यसको अलवा ब्राहपिक,बाह्र हिमालको कलेक्सन अन्र्तगत पर्ने निलगिरी अन्नपुर्ण एक आर्कषक देखिन्छ ।

पुनहिलबाट ठुलो हिमाल अन्नपुर्ण साउथ नजिकै देखिन्छ । अन्नपुर्ण सउथ ७ हजार २१९ मिटर, अन्नपुर्ण वान ८ हजार ९१ मिटर , माछापुच्छे ६ हजार ९९३ मिटर अग्लो रहेको छ । यहाँवाट धौलागिरीको दक्षिणतिरको भाग पुरै देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार