
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पार्टी प्रशिक्षणका लागि दक्षिण भारतको बेङ्लोर जाने भएका छन् । पार्टीको प्रवास प्रदेश समितिको ईञ्चार्ज तथा पूर्वमन्त्री हिसिला यमी सहित कार्यक्रममा सहभागी हुन भारतको बेङ्लोर जाने भएका हुन ।
पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण भारतको आयोजनामा हुने राजनीतिक तथा वैचारिक प्रशिक्षणमा भट्टराई सहभागी हुने कार्यक्रम रहेको छ । दक्षिण भारतको गोवा, कर्नाटका र केरला राज्य समितिको संयुक्त आयोजनामा प्रशिक्षणात्मक कार्यक्रम हँदैछ ।
आगामि अप्रिल १४ तारिखमा संयुक्त प्रशिक्षण कार्यक्रम हुने नयाँ शक्ति पार्टीका संघीय परिषद् सदस्य तथा दक्षिण भारत प्रमुख लोकेन्द्र सेर्पालीले मनास्लु पोष्टलाई बताए ।
नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख उपस्थिति तथा प्रशिक्षण हुनेछ । त्यसैगरी पार्टीको प्रवास प्रदेश ईञ्चार्ज तथा पूर्वमन्त्री हिसिला यमीको विशेष उपस्थिति रहनेछ ।
नयाँ शक्ति पार्टीका दक्षिण भारत प्रमुख लोकेन्द्र सेर्पालीले जानकारी गराए अनुसार त्यहाँ पार्टी संगठन तीब्र रुपमा विस्तार भईरहेको छ । डा. भट्टराईको प्रमुख उपस्थिति र प्रशिक्षणले झनै उर्जा थप्ने उनको भनाई रहेको छ
लोकेन्द्र सेर्पालीका अनुसार भारतका अधिकांश राज्यहरुमा अन्तर्राष्ट्रिय नेपाल समाज भारतले आफ्नो संगठनलाई मजबुत बनाइसकेको छ । बाँकी राज्यहरुमा पनि संगठन निर्माण र विस्तारलाई उल्लेखनीय रुपमा तीब्रता दिने रहेको जानकारी गराए ।

1177 पटक हेरिएको 

