भूमिरा गुरुङ्ले सगरमाथा चढ्ने

भूमिरा गुरुङ्ले सगरमाथा चढ्ने

  Manaslu Post  987 पटक हेरिएको

संसारका ४००० भन्दावढि आरोहिले चढिसकेको सगरमाथा नेपालकी गुरुङ् समुदायकी महिलाले चढ्ने भएकी छिन् ।

संखुवासभा निवासी भूमिरा गुरुङ्ले ८८८८ मिटर अग्लो सगरमाथा यहि वर्षको वसन्तरितुमा आरोहणगर्न लागेकि हुन् । यसको लागि आफूले आरोहण सम्वन्धी विभिन्न तालिम समेत लिइ सकेको र आरोहण गर्न अनुमानित ३८ लाख खर्चलाग्ने  जुटाई दिन विभिन्न संघ संस्था संगपत्रकार सम्मेलन मार्फत् अनुरोध गरिन् ।

उक्त पत्रकार सम्मेलन मा गणेश हिमाल पर्यटन व्यवसायि संघकी अध्यक्ष श्रीमती कमला गुरुङ्ले आफ्नोसंस्थाले  आरोहण गर्न सक्दो सहयोग गर्ने वचन दिनु भयो यस्तै टानका अध्यक्ष चन्द्र रिजाल र पर्यटन वोर्डका सदस्य राजेन्द्र सुवेदीले समेत सक्दो सहयोग गर्ने वचनवद्दता व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार