काठमाडाै । राजधानीको धुम्बाराहि स्थित हयाम्स अस्पतालले राष्ट्रिय खेलाडीहरुलाई लक्षित गरेर आज एक समारोहका बिच खेलकुद स्वास्थ सम्बन्धि गोष्ठी आयोजना गरेको छ ।
अस्पतालका अध्यक्ष श्री रामशरण भन्डारीले स्वागत गर्नु भएको कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला ,हयाम्स हस्पिटलका हाडजोर्नी तथा स्पोर्ट्स मेडिसन विशेषज्ञ डा.भास्कर राज पन्त ,डा.बिज्ञान भन्डारी ,डा.सन्दीप भन्डारी,डा.प्रशान्त अधिकारी र फिजियोथेरापिस्ट डा.रबिन्द्र बस्नेत द्वारा आफ्नो बिषयमा खेलकुद स्वास्थ सम्बधि मन्तव्य राख्नुभयो । सोहि अबसरमा खेलकुद प्रतियोगिताबाट हुने चोटपटक लगाएत दीर्घकालीन रोगबारेमा समेत छलफल गरिएको थियो ।
यस कार्यक्रमबाट खेलमैदान र प्रशिक्षणमा हुने चोटपटक लगाएत बाट कसरी बच्ने र चोट लागेमा कसरी उपचार भन्ने बारेमा जनचेतना जगाउनु रहेको अस्पतालले जनाएको छ । कार्यक्रममा राष्ट्रिय खेलाडीहरु महेश्वर महर्जन (एसियन बडि बिल्डिङ्ग स्वर्ण पदक),राजकुमार रसाइली (११औ दक्षिण एसियाली गेम्स उसु तर्फ स्वर्ण पदक),कमला पुन(भलिबल राष्ट्रिय खेलाडी )कृष्ण लाल तामाङ (साम्बो राष्ट्रिय खेलाडी ),सन्तोष साउद (मिक्स मार्सल आर्ट्स राष्ट्रिय खेलाडी )म्याक्स बस्नेत (प्रो बक्सिङ खेलाडी ) र भाबना सुनुवार (स्क्वास राष्ट्रिय खेलाडी )लाई अस्पतालको तर्फबाठ अभिनन्दन गरिएको थियो । सोही अबसरमा बुडानिलकन्ठ नगरपालिका मेयर श्री उद्धब खरेल, राखेपाका बिभागिय प्रमुख,एब संघ सस्थाको पदाधिकारीहरु उपस्थित रहेका थिए । डिएन घिसिङको सयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

971 पटक हेरिएको 

