काँक्रोको तितोपना यसरी नष्ट गरौं

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1782 पटक हेरिएको

काठमाडौं । कुकुरबिट परिवारमा पर्ने काँक्रोमा एक प्रकारको तत्व पाइन्छ जसको कारण काक्रो तितो हुन्छ। सो तत्व हो कुकुरबिटासिन्स। यो तत्व कसैको पात तथा कसैको काण्डमा त कसैको फलको भेटनुमा बढी हुनेगर्छ। प्राय काँक्रोमा यो तत्व बढी हुँदा फल नै तितो हुनेगर्छ।

किन तितोपना बढ्छ ?

अत्याधिक ताप तथा गर्मि मौसममा ताप बढ्नेहुँदा तापीय असरले गर्दा काक्रोमा तितोपना बढ्छ। अनियमित पानीको मात्रा लामो, समयसम्म खडेरी पर्नु र त्यसपछि अत्याधिक बर्षात हुँदा पानीको अनियमिता हुँदा पनि तितोपना बढ्छ।

तापक्रमको अनिमियता

कहिले एकदम तापक्रम बढी भएर ताप बढी हुने र कहिले चिसो हुने हुँदा पनि काक्रोको तितोपाना बढ्छ ।

खाद्य तत्वको कमि

काँक्रोलाई प्रसस्थ प्रांगारिक प्रदार्थको आवश्क्यकता पर्छ। यदि माटोमा खाद्य तत्व अपुग हुन जाँदा समेत काक्रोबालीको उत्पादनमा तितोपना बढ्ने गर्छ। हेरेडिटी तथा बंशानुगतरुपमा पनि कुनै कुनै जातको काँक्राहरुमा तितोपना बढी हुने गर्छ।

स्वास्थ्यमा असरहरु

कुकुरबिटासिन्स बढी हुँदा स्वास्थ्यमा असर गर्न सक्छ तसर्थ यसको कम मात्रा प्रयोग गर्नुपर्ने हुन्छ।

नियन्त्रणको बिधिहरु 

१ नियमित सिंचाई सकेसम्म थोपा सिंचाई गर्ने

२ मल्चिंग वा छापो विधि अपनाउने

३ तापक्रम कम गर्ने संयन्त्रसहितको हरितगृह वा प्लास्टिक घरको निर्माण गर्दा उपयुक्त हुन्छ ।

३ टिपी सकेको काँक्रालाई २० देखि २५ डिग्रीमा राखेर भण्डारण गर्ने

खान योग्य काक्रोमा यसरी हटाउने तितोपना ?

प्राय काँक्राको फेद वा भेट्नु तिर अलि बढी हरियोपन हुन्छ जहाँ तितोपना बढी हुन्छ ्र त्यहाँको करिब आधा इन्च भागलाई काट्ने , तेही काटेको टुक्रा ले १ देखि २ मिनेटसम्म रघट्ने जब रघट्दा गाँज यानी फिज आउने गर्छ त्यो क्रम नरोकिनुन्जेलसम्म रघट्ने , आउन छोडे पछि रघ्दना छोड्ने अनि खाने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार