गोरखा : ऐतिहासिक एवं पर्यटकिय स्थल गोरखा, पालुङ्टारको लिगलिगकोटमा अन्तराष्ट्रिय स्तरको संग्राहलय बन्ने भएको छ ।
पहिलो चरणमा प्रदेश सरकारले संग्राहलय बनाउनको लागि गुरुयोजना तयार पार्न बजेट समेत विनियोजन गरेको गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङका स्वकिय सचिव आरके पोखरेलले जानकारी दिएका छन ।
ऐतिहासिक ठाउँ लिगलिगकोटको छुट्टै महत्व छ’ उनले भने ‘पहिले यसको गुरुयोजना बन्छ। अनि नेपाल एकिकरणको इतिहास, बाइसे चौविसे राज्यको इतिहास पनि यहिँ झल्कने गरेर संग्राहलय बन्छ ।
संग्राहलय तत्कालीन राजा द्रब्य शाह देखि बाइसे चौविसे राज्यका सबै राजाहरुको इतिहास भल्किने गरी तयार हुने संग्राहलय निर्माणको परिकल्पना गर्ने मध्येका एक कमल दानीले जानकारी दिए ।
संग्राहलयको गुरुयोजना स्थानीय सरकारको सहकार्यमा मै तयार हुन्छ’ उनले भने ‘गुरु योजना बनाउँदैमा यहाँ भएका सरकारी जग्गा, ब्यक्तिगत जग्गा र राज गुठीको नाममा रहेको जग्गा कहाँ कति भनेर छुट्याइन्छ । राज गुठीको नाममा सात सय रोपनी जग्गा रहेछ । यहाँ गन्दर्भ, मगर र परियार बसेका छन् । धेरै जसो लालपुर्जा विनै बसेका छन्। उनीहरु बसेको जग्गालाई कसरी एकिकृत गर्ने भन्ने प्रमुख काम हो।’ पुरातत्वले पनि लिगलिगककोट संरक्षणको लागि करिब सातसय रोपनी नै संरक्षण गरेको छ ।
लिगलिगकोटमा बन्ने संग्राहलयमा द्रब्य शाहको दरबार, घले राजाहरुको इतिहास। दौडिएर राजा हुने परम्पराको संरक्षण बाइसे चौबिसे राज्यको इतिहास हुने उनले बताए ।
चौविसे राज्य मध्ये १६ वटा राज्य गण्डकी प्रदेशमै पर्ने भन्दै उनले ति सबै राज्यको इतिहास लिगलिगकोटमा बन्ने संग्राहलयमा पाइने बताए। त्यस्तै तत्कालीन समयमा प्रयोग गरिएका हातहतियारहरु समेत संग्राहलयमा राखिनेछ ।

1529 पटक हेरिएको 


