काठमाडौं । राजधानीबाट प्रहरीले हतियारसहित सात जना पक्राउ गरेको छ । काठमाडौंको तीनकुनेस्थित ए–वान क्याफेबाट एउटा पेस्तोलसहित सात जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
सोमबार अपरान्ह पक्राउ परेका उनीहरु हतियार कारोबारी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामा तीनकुनेबाट एउटा पेस्तोलसहित सात जना पक्राउ परेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताए ।
प्रहरीले उनीहरुको साथबाटए एउटा पेस्तोल, सोको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको छ ।
चाडपर्व नजिकिँदै गर्दा यस्ता गतिबिधि बढी रहेका छन् ।

902 पटक हेरिएको 

