सौर्न्दर्यसँग जोडिएको सुस्माको स्वर्ण !

MANASLU TV मा subscribers गर्नुहोला ।

  डिएन घिसिङ  1871 पटक हेरिएको

 सुन्दरताको ब्याख्य ठाउँ अनुसार फरकफरक भएता पनि स्वास्थ शरीर अनि प्राकृतिक ब्यायामको मुल्य आधुनिक जिबनमा सर्बाधिक खोजिएको कुरा हो। सौर्न्दर्य र नारी एकएर्काका परिपुरक मानिन्छ , नेपाली समुदायमा फिट्नेशको महत्व बिस्तारै बड्दो गतिमा रहेको छ।गत हप्ता राजधानीको रंगशालामा आयोजित रास्ट्रब्यापी महिला फिजिक्स प्रतियोगितामा दर्जनौं प्रतिस्पर्धी बिच भएको भिडन्त गर्मागर्मी र निकै लोभ लाग्दो देखिन्थ्यो।

निर्णायकहरुको क्रमबद्ध घोषणा सगै जब मन्चमा स्वर्ण पदक लागी नाम उच्चारण हुन्छ सुस्मा राई।दर्शक दिर्घाको तालि अनि आतिथिको सुशोभन भब्यबिचको गर्बिलो क्षण निकै जिबनको पहिलो सुभारम्ब भएको स्वर्ण जितेपस्चात सुस्माले बताए।फाइनल कन्टेस्टमा अधिराज्यभरका विभिन्न क्लबका दर्जनौं प्रतिसस्पर्धीलाई पछि पार्दै स्वर्ण हात पारेपछि उनको चर्चा चुलिएको हो।

धरानमा पिता स्व.ज्ञानबहादुर राई र माता मधुमाया राईको कोखबाट तिनदशक अगी कान्छी छोरीको रुपमा जन्मिएका सुस्माले राजधानी छिरे पश्स्चात कडा सघर्स गरे ।हुनत उनको पारिवारिक पृष्ठभुमि सबै लाहुरे भएता पनि सुस्माको मोह भने फिट्नेसमा जम्ने थियो।त्यही भएर उनले दिनमा ३,४वटा फिट्नेस क्लबमा प्रशिक्षकको भुमिका समेत निभाए रहेकि छिन।

ट्रेनिङ् कतिको गाह्रो हुन्छ भन्ने प्रश्नको प्रतिउतरमा उनी भन्छिन “नियमित गरिराख्नेहरुको लागि डाइट ब्यालेन्स मिलाएर चलाउने हो भने कुनै गारो हुदैन ।”उनी अगाडि भन्छिन् ” शारीरिक ब्यायामले शाररिक माशपेसी मात्रै फिट गर्ने हैन ,मुहारको चमक समेत चम्किलो हुन्छ”।अबसर पाएमा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत भिड्न तयार रहेको उनले बताए । आगामी दिनमा सुस्मा जस्तै प्रतिभाहरुको मेहनतलाई राज्यले मुल्यांकन गर्न सके अन्तर्राष्ट्रिय जगतमा समेत खेलकुदको माध्यमबाट प्रतिस्ठा कमाउन सकिनेमा कुनै दुइमत नहोला।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार