तिम्बुपोखरी महोत्सवको तयारी

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  896 पटक हेरिएको

पाँचथर – पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुपोखरी र आसपासका क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यका साथ तिम्बुपोखरी महोत्सवको तयारी सुरु भएको छ ।

प्राकृतिक रुपमा सुन्दर रहेको उक्त पोखरी र यस आसपासका हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागी महोत्सव हुन लागेको हो । पछिल्ला वर्षहरूमा चर्चित बन्दै गएको तिम्बुपोखरी क्षेत्रको विकासका लागी ताप्लेजुङको सिदिङवा गाउँपालिकाले महोत्सव गर्न लागेको हो ।

४ हजार ४ सय ४८ मिटर उचाईमा यही भदौँ २२ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरीयाले जानकारी दिए । पाँचथरको याङवरक गाउँपालिकासँग मिलेर महोत्सव गर्ने प्रयास गरिएपनि अन्तिममा सिदिङवा गाउँपालिका एक्लैले महोत्सव गर्न लागेको हो । १४ लाख खर्चिएर महोत्सव गर्न लागिएको छ। महोत्सव सम्पन्न गर्नका लागी १ सय १ सदस्यीय मुल आयोजक समिति र ९ उपसमिति तयार गरिएको छ  ।

हिमाली क्षेत्रको रुपमा लिइने यो क्षेत्रमा पछिल्लो समय पदयात्रा गर्नेको संख्यामा उलेख्य वृद्धि भएको छ । अवलोक भ्रमण, सांस्कृतिक कार्यक्रम, चौरीको प्रदर्शन, दुधजन्य उत्पादनको प्रदर्शनी लगायतका कार्यक्रम रहेका महोत्सवमा राखिएको छ ।

जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा केन्जो, माईकोपीला जस्ता फूल तथा बहुमूल्य जरिबुटी अवलोक गर्न पाइन्छ  । तिम्बुपोखरी महोत्सवलाई भव्य बनाउका तयारी थालिएको स्थानीय गोठ सञ्चालक भिम भण्डारीले जानकारी दिए । महोत्सवमा नेपालका विभिन्न जिल्ला र भारतको सिक्किमबाट समेत पर्यटक आउने आयोजकको अपेक्षा छ ।

तिम्बुपोखरी क्षेत्रमै आगन्तुकलाई बस्ने ब्यवस्था गर्ने आयोजकले तयारी गरिरहेको छ । उच्च पहाडी क्षेत्र भएकाले पदयात्रा गरेर यहाँ पुगिन्छ । पाँचथरको च्याङथापुबाट कालीखोला हुँदै अथवा पाँचथरको चिवाभञ्याङदेखि, इलामकोसन्दकपुर हुँदै यहाँ पुगिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार