निर्मला हत्या प्रकरण : गृह मन्त्रालयको एक्सन,एसपी डिल्लीराज विष्ट निलम्बित

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1353 पटक हेरिएको

काठमाडाैं-कञ्चनपुर घटनामा गृह मन्त्रालयले  तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले विष्टलाई  मन्त्रालयले निलम्बन गरेको जानकारी दिँदै तत्कालिन डीएसपी ज्ञानबहादुर क्षेत्री र मुद्दाफाँटका अर्का प्रहरी अधिकारीलाई पनि मन्त्रालयमा छानबिनका लागि झिकाउने निर्णय गरेको बताए ।

कञ्चनपुर घटनामा विष्टको भूमिका संकास्पद रहेको देखिएकाले  विष्टलाई निलम्बन गरिएको मन्त्रालय स्रोतले जनाएको छ । स्थानीयले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्यामा  विष्टकै छोराको संलग्नता रहेको आशंका गर्दै आन्दोलन  कञ्चनपुरमा आन्दोलन चर्काउँदै आएका छन् ।

आन्दोलनकै  क्रममा भीडलाई तितरबितर पार्न  गोली चलाएपछि भदौ ७ मा उनीसहित डीएसपी र प्रजिअसमेतलाई गृह मन्त्रालयले कञ्चनपुरको जिम्मेवारीबाट हटाएको थियो ।

त्यसलगत्तै मन्त्रालयले सिडीओको रुपमा  तारानाथ अधिकारीलाई जिम्मेवारी दिएको छ भने प्रहरी प्रमु्खका रुपमा एसपी कुबेर कठायतलाई पठाइएको छ । यसैगरी  डीएसपी ज्ञानबहादुर क्षेत्रीलाई पनि जिम्मेवारीबाट हटाएर सरकारले उनको ठाउँमा कृष्णराज ओझालाई पठाएको छ ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानबिन गर्न सरकारले भदौ ७ मै समिति पनि गरिसकेको छ ।

मन्त्रामलयले  सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको हो । जुन समितिले छानबिनलाई तीब्रता दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार