दाङ जिल्ला एशियाको मात्र ठूलो उपत्यका नभई संसारका ठूला उपत्यका मध्येको एक हो । भौगोलिक हिसाबले दाङ जिल्लामा दुईवटा प्रमुख उपत्यका छन् दाङ र देउखुरी । भौगर्भिक प्रक्रियाको परिणाम भौगोलिक संरचनाको स्थापना हुन्छ । भूगोलको निर्माणस‘गै प्राकृतिक सम्पदाको निर्माण हुन्छ र यी सम्पदाहरुको सिर्जनास‘ग मानव सभ्यताको विगकास भएको हुन्छ ।
दाङ जिल्लामा यी अवयवको निर्माण वा सिर्जनास‘ग अनुपम प्राकृतिक स्रोत र साधनको सिर्जना भएका छन् । आजको आधुनिक युगमा यी सिर्जनाहरुको उपयोगको क्रममा पर्यटकीय स्थलको विकास हुने क्रम जारी छ । दाङ जिल्लाका प्रमुख पर्यटनस्थल जो दाङका मात्र नभई देशकै महत्वपूर्ण सम्पदा हुन्, यिनीहरुको पहिचान पहिलो आवश्यकता हो भने यी पर्यटकीयस्थलको प्रचार र विकास अर्काे पक्ष हो ।
दाङका पर्यटकीय स्थलको वर्गीकरणको हिसाबले पनि विविधताले भरिपूर्ण छ । यहॉ निम्नअनुसारका पर्यटकीय गन्तव्य छन ।
१. प्राकृतिक दृश्यले युक्त पर्यटकीय स्थल
देउखुरी उपत्यका जहॉ राप्ती नदीको अविरल बहावयुक्त दृश्य छ, यहॉ जलयात्राको साथै जखेरातालको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । त्यसैगरी दाङ उपत्यकामा अवस्थित चरिंगे दह, भोटेदह, बाह्रकुने ताल, पुरन्धाराको छहरा, हलवारस्थित नेपालकै ठूला गुफामध्येको एक चमेरे गुफालगायतका पर्यटकीय गन्तब्यहरु प्रमुख छन् । दाङ तथा देउखुरी उपत्यकाको उत्तरी भेगमा अवस्थित मुर्कुटीदेखि कमिरेचौर हु‘दै स्युजा तथा सैघाको उच्च भूभागबाट देखिने मनास्लु, अन्नपूर्ण, माछापुच्छ्ेर, निलगिरि, धौलागिरि , सिस्नेहिमाल तथा कान्जिरोवा हिमश्रृंखलाको दृश्य कति अनुपम हुन्छन् भन्ने कुरा त अनुभूति गरेमात्र थाहा हुन्छ जो कोहीलाई ।
२. धार्मिक पर्यटकीय स्थल
देउखुरी उपत्यकाको वरिपरि अवस्थित रिहार क्षेत्र, हॉसीपुरको देवीकोट स्थित देवीको मन्दिर, धानखोलाको शिवमन्दिर एवं दाङ उपत्यकाको चौघेरास्थित गोरक्ष रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, स्युजाको उ‘घास्थित देवीको मन्दिर, बाह्रकुनेको बराह मन्दिर, हॉसीपुरस्थित अर्जुनखोलामा रहेको सॉवरी सिद्धबाबाको थान, धर्नाको धारपानीस्थित पाण्डेश्वर महादेवको मन्दिर प्रमुख धार्मिक पर्यटकीय स्थल हुन् ।
३. सांस्कृतिक पर्यटकीय स्थल
हुन त आजभोलि देशका प्रमुख ब्यापारिक स्थानमा महोत्सवको आयोजना गरिन्छ, जहॉ कला, संस्कृति, स्थानीय उत्पादनको प्रदर्शनीका साथै अन्य कुराको जानकारी गराइन्छ । तर विगतका सांस्कृतिक पक्षको विवेचना गर्ने हो भने दाङ तथा देउखुरी उपत्यकामा सांस्कृतिक पर्यटकीयस्थल थुप्रै छन् । रिहार तथा बाह्रकुनेको माघे संक्रान्तिको मेला, चौघेराको मेला, धर्नास्थित धारपानी तथा देउखुरीको धानखोलामा महाशिवरात्रिमा लाग्ने मेला, काभ्रेस्थित मुलाबारीको मंसिरको अन्तिम दिन लाग्ने चिउरीजात्रा, स्युजाको काउलेपानीमा लाग्ने दशैंको पुर्णिमाको मेला तथा हलवारको पर्सेनीमा लाग्ने मेलाहरु प्रमुख सांस्कृतिक पर्यटकीय स्थल हुन्, जहॉ स्थानीय कला संस्कृतिको साथै उत्पादनको प्रदर्शनी र प्रचार हुनुको साथै साथीभाइ, आफन्तहरुको भेटघाट एवं मनोरञ्जन गर्ने साझा थलोको रुपमा परिचित छन् ।
४. ऐतिहासिक पर्यटकीय स्थल
दाङ जिल्ला आफैमा एक ऐतिहासिक महत्वको संगमस्थल हो । उरहरीस्थित थारु राजा दंगीशरणको दरबारको भग्नावशेष, छिल्लीकोटस्थित प्राचीन दरबारको भग्नावशेष, काभ्रेको जुम्लेपानीस्थित गढीछेडाको किल्ला, काभ्रेको ओखलढुंगास्थित प्राचीन स्मारक, सरिकोट तथा सवारीकोटस्थित प्राचीन दरवारका भग्नावशेषलगायतका स्थलहरु ऐतिहासिक पर्यटकीय स्थलहरु हुन् ।
५.शैक्षिक तथा भौगर्भिक पर्यटकीय स्थल
नेपालको एकमात्र र पहिलो प्राचीन भाषा संस्कृतिको प्रबद्र्धन गर्न स्थापित संस्कृत विश्वविद्यालय एक प्रमुख शैक्षिक पर्यटकीय स्थल हो । यसबाहेक भौगर्भिक अध्ययनको लागि भौगर्भिक संरचनाहरुको प्रचुरता भएका दाङ तथा देउखुरी उपत्यका वरिपरिका क्षेत्रहरु शैक्षिक पर्यटकीयस्थल हुन् जहॉ विभिन्न विश्वविद्यालयका इञ्जिनियरिङ तथा भूगर्भशास्त्रका विद्यार्थीहरु अध्ययन अनुसन्धानका लागि आउने गरेका छन् र भविष्यमा अझै आउन सक्छन् ।
६. कृषि पर्यटकीय स्थल
दाङ जिल्ला कुनै बेला तोरीको लागि प्रख्यात थियो र यसको उपादेयता यद्यापि कायम छ । यहॉको हावापानी यसको लागि अनुकूल छ । साथै धान, गहुव्मकै पनि राम्रोस‘ग उत्पादन हुन्छन् । यसका साथै पशुपालन खासगरी परम्परागतरुपमा गरिदै आएको भैंसीपालन, मौरीपालनको साथै अत्याधुनिकरुपले गर्न सकिने माछा पालनको प्रशस्त सम्भावना देखिन्छ । यसको लागि अनुसन्धान केन्द्र स्थापना गरी देश विदेशका कृषि पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ ।
७. खनिजजन्य औद्योगिक पर्यटकीय स्थल
दाङ जिल्लामा प्रशस्त धातु तथा गैरधातुजन्य खनिज पदार्थको भण्डार छ । खासगरी चुनढुंगाको प्रशस्त भण्डारण छ । यसको प्रयोग गरी सिमेण्ट तथा कृषि चुन उद्योगको सम्भावना छ र केही सिमेण्ट उद्योगहरु सञ्चालित भइरहेका छन् । अरु पनि सञ्चालनको प्रक्रियामा छन् । यसबाहेक कोइलाको भण्डार पनि उल्लेख्य मात्रामा छ । कतिपय ठाउँ उत्खनन् पनि भइरहेको छ । यसको साथै तामा, फलाम, सिसा र जस्ताहरुको भण्डारण पनि छन् । वैज्ञानिक अध्ययन र अनुसन्धान, अवलोकन एवं उत्पादनको लागि यो जिल्ला एक औद्योगिक पर्यटनस्थल हुन सक्छ ।
यसबाहेक पदयात्राको लागि लालमटिया हु‘दै हॉसीपुरको रुपाकोट, जबरकोट हु‘दै मुर्कुटी पुगेर कमिरेचौर, पुरुङछेडा, स्युजा हु‘दै सैघा पुग्दा देखिने गुरॉसका रंगीन बगैंचा तथा हिमश्रृंखलाको दृश्यावलोकन गर्दै घोराही पुगेर करीब चारदिनको आरामदायी पदयात्रा मार्गको पनि संभाब्यता छ । यो एउटा नयॉ पर्यटकीय गन्तव्य हो । अझ कमिरेचौरबाट दक्षिणमा देखिने दाङ तथा देउखुरी उपत्यका एवं भारतको गंगाकोफॉट र उत्तरमा देखिने हिमश्रृंखलाको दृश्य जो सदावहार जंगलको पृष्ठभूमिमा अनुपम देखिन्छ । यसबाहेक कमिरेचौरलगायत डॉडाहरुबाट देखिने सूर्याेदय र सूर्यास्तको दृश्य जो एउटै साझास्थलबाट देखिने दुर्लभ तथा अनुपम प्राकृतिक बरदान हुन् ।

2271 पटक हेरिएको 

