सामाजिक विकास मन्त्रीको नेतृत्वमा संविधानको विरोध जुलुस

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  791 पटक हेरिएको

जनकपुर । यो शीर्षक पढ्दा तपाइँलार्इ अचम्म लाग्ला, मन्त्री नै संविधानको विरोध जुलुसमा भनेर । तर अचम्म नमान्नुस् बुधबार प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह संविधान दिवसको विरोधमा जनकपुरमा आयोजना गरिएको जुलुसमा थिए ।

राष्ट्रिय जनता पार्टी(राजपा)ले संविधान दिवसलाई कालो दिन भन्दै आयोजना गरेको कमान्ड पार्टीले मन्त्री साहलाई सुम्पेको छ । मन्त्री साह निजी नम्बरको मोटरसाइकल चढेर जनकपुरको जनक चोक पुगेका थिए ।

मन्त्री साह पुगेपछि त्यहाँ भेला भएका राजपाका नेता/कार्यकर्ताले कालो झण्डा बोकेर प्रदर्शनमा उत्रिएका थिए । मन्त्री साहले त्यसको अगुवाई गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार