काठमाडौँ । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको जनाएको छ।
आजको नागरिक फैनिक्मा यो खबर छ – समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले पीडित परिवारलाई बेवास्ता गरेको, स्थानीय बासिन्दाले उठाएका विषयवस्तुलाई सम्बोधन नगरेको तथा घटनास्थलमा भेटिएका प्रमाण जोगाउन असफल भएको जनाउँदै एसपी विष्टलाई दोषी देखाएपछि प्रहरी प्रधान कार्यालयले एसपी गणेश रेग्मीको संयोजकत्वमा कानुनी कारबाही गर्न अर्को समिति गठन गरेको छ।
एआइजी धिरु बस्न्यात संयोजकत्वमा बनेको समितिले एसपी विष्टको कसुर निक्र्योल गरेपछि रेग्मी समितिले प्रहरी नियमावलीअनुसार कारबाही सिफारिस गर्नेछ।
प्रहरी नियमालीको परिच्छेद १० अनुसार विष्टको लापरबाही देखिए कसुरअनुसार घटुवादेखि भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी जागिरबाट बर्खास्तसमेत हुनेछ।
प्रहरी नियमावली को दफा ११३ अनुसार आफ्नो पदीय जिम्मेवारी लापरबाही गरी पूरा नगरेमा, आचरणसम्बन्धी कुरा उल्लंघन गरेमा, ड्युटीको समयमा बराबर मादक पदार्थ सेवन गरेमा, अनुशासनहीन काम गरेको प्रमाणित भएमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिनेछ। उच्चस्तरीय छानबिन समितिले पदीय दायित्व पूरा नगरी लापरबाही गरेको भन्ने उल्लेख भएबाट उनी बर्खास्तसमेत हुने स्रोतको दाबी छ ।

784 पटक हेरिएको 

