काठमाडाैं । डोल्पाबाट चुनाव लड्ने भनेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता वामदेव गौतमलाई काठमाडाैंबाट पनि ब्रेक लागेको छ । काठमाडाैं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने तयारी गरेकै बेला गौतमलाई भोट नहाल्ने मतदाताको चेतावनीपछि नेकपाभित्र चर्को बहस चलेपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले उक्त कदम चालेका हुन् ।
गत सोमबार बसेको नेकपाको बैठकमा वामदेवले चुनाव लड्ने चर्चा चुलिएपछि पार्टीभित्रै असन्तुष्टी बढेर गएको हो । रामवीर मानन्धरले राजीनामा दिएपछि उनका मतदाता वामदेवलाई भोट नहाल्ने निष्र्कषमा पुगेका छन् ।
अध्यक्षद्वयसँग वामदेवले चुनाव हार्ने आँकडा पुगेपछि नेकपाले आफ्ना खुट्टामा आफैं बञ्चरो हान्ने नीतिबाट ब्याक भएको छ । तत्कालिन एमालेको जनवर्गीय संगठनले वामदेवले चुनाव हार्ने तथ्यांक अध्यक्षसामु पुर्याएपछि पार्टीले उक्त रिक्स नलिने भएको छ ।
बालुवाटारमा नेकपा काठमाडाैंबाट नेताहरुले तथ्यसहितको रिपोर्ट बुझाएपछि वामदेवलाई चुनावमा उठाउने कुराबाट पार्टी ब्याक भएको हो । यो सँगै गौतमको संसद छिर्ने सपना अधुरै जस्तो भएको छ । सरकारप्रति जनताको विश्वास घट्दै गइरहेका बेला वामदेवजस्तो विादास्पद व्यक्तिलाई निर्वाचनमा उठाउनु आफ्नै लागि घातक हुने रिपोर्ट नेकपाकै नेताहरुले बुझाइसकेका छन् ।
काठमाडाैं–७ का दुई जना प्रदेश सांसदले पेश गरेको रिपोर्टमा मानन्धरको राजीनामाले उक्त क्षेत्रका मतदाता रुष्ट रहेकाले गलत कदम नचालन सुझाव दिइएको छ ।
उनीहरुले अर्का अध्यक्ष प्रचण्डलाई सोही रिपोर्ट पेश गरेका छन् । बर्दियावबाट त हारेका उनले काठमाडाैंबाट जित्न फलामको चिउरा चापएजस्तै हुने नेकपा नेताहरुको बुझाइ छ । काठमाण्डुबाट चुनाव लड्नु गौतमको लिँडेढिपी मात्रै भएको स्वयः नेकपाकै नेताहरु स्वीकार गर्छन् ।
नेकपाका काठमाडाैं– ७ बाट प्रदेशसभा निर्वाचित सांसदहरु बसन्त मानन्धर र प्रकाश श्रेष्ठले अहिलेको अवस्थामा रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेव उठे पराजित हुने रिपोर्ट पेस गरेपछि प्रचण्डसमेत झस्किएका छन् ।
सांसद मानन्धरले पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा स्वीकृत गर्ने प्रस्ताव बुझाएका थिए । गत सोमबार बसेको सचिवालयको बैठकमा महासचिव विष्णु पौडेलले उनको प्रस्ताव पढेर सुनाएका थिए । यो प्रस्ताव सुनेपछि रक्षामन्त्री ईश्वर पोखरेल, नेता भीम रावललगयातका नेताहरुले आपत्ति जनाइरहेका छन् । प्रचण्डको प्रस्तावमा सचिवालय बैठकमा इश्वर पोखरेलले विरोध गरेका थिए । पत्र पढिसकेपछि पोखरेलले विरोध स्वरुप भने, ‘यो गलत हुन्छ, नगरौं ।’
नेकपाका महासचिव विष्णु पौडेलले वामदेवलाई उपनिर्वाचन नलड्न सुझाव दिएका छन् । उनले एकपटक हारिसकेको व्यक्ति जताबाट उठेपनि हार्ने नै भएकाले त्यो गल्ती नदोहोर्याउन आग्रह गरेका छन् । उनले भने , ‘अब चाहीँ उहाँलाई काठमाडाैं ७ मा मात्रै होइन, यो प्रतिनिधिसभाको उपनिर्वाचनमा नै नलड्नु उचित हुन्छ भन्ने लागेको छ मलाई । मैले चाहिँ उहाँलाई काठमाडाैं ७ मा नजानुस् भनिसकेको छु ।’स्रोतका अनुसार मानन्धरले राजीनामा दिनेबारे शुरूमा प्रचण्ड र गाैतमसँग सल्लाह गरेका थिए । राजीनामाबारे अोलीलार्इ थाहा पत्ताे थिएन् । शुरूमा अोली निकट मानिएका सांसद् मानन्धरले अाफुलार्इ केहि जानकारी नदिइ सिधै प्रचण्डको गएको भन्दै अोली रूष्ट थिए । राजीनामा दिनेबारे प्रचण्ड र गाैतमबाहेक नेकपा अन्य नेताहरू बेखबर थिए । तत्कालिन एमाले एक नेतालार्इ काठमाडाैं-७ बाट उठाएर अाफुलार्इ हराउने सुचना पाएलगत्तै गाैतम चुनाव उठ्न ब्याक भएको उनी निकट एक नेताले बताए ।

1319 पटक हेरिएको 

