आर्थिक अभावले उपचार नपाएपछि दिलबहादुर पुनको परिवार बिचल्ली..

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  2427 पटक हेरिएको

प्युठान- चारैतिर दसैंको रमझम छ । सबैका घरमा उत्साह र उमंग। तर, प्युठान नौवहिनी गाउँपालिका ८ फोप्लीका दिलबहादुर पुनको परिवारलाई न त दसैंले छोएको छ न मन रमाएको नै छ । परिवार चलाउने १६ वर्षीय उनी आफै भने आर्थिक अभावका कारण उपचार गर्न नसकी रोगले थलिएर बस्नुपरेको छ ।

दिलबहादुरका बुवा ६५ वर्ष पुगे, जो आँखा देख्दैनन् । गएको असार ४ गते आमालाई सदाका लागि गुमाउनुपर्यो । दुई बहिनी १२ वर्षीया ताजिमा र ८ वर्षीया खेमसरी अनि ४ वर्षीय भाइ उनीमाथि नै आश्रित थिए । तर, जब रोगले उनलाई पनि च्याप्यो, भाइबहिनीको बिचल्ली भएको छ ।

भएको एक कित्ता भीर बेचेको २५ हजारले आफ्नो उपचारमा भौंतारिँदै ठिक्क भयो। आमाको किरियाको ऋण तिर्नै बाँकी छ अझै ।

‘आर्थिक अभावका कारण परिवार धान्नै गाह्रो छ । आर्थिक अभावका कारण उपचार गर्ने अवस्था छैन,’ स्थानीय युवराज भण्डारीले भने, ‘सामान्य झमझमाउने समस्या बल्झिएर उनी अहिले उभिन नसक्ने स्थितिमा पुगेका छन् ।’

आर्थिक अभावकै कारण एउटी बहिनीले ३ कक्षाबाट र अर्कीले एक कक्षाभन्दा माथि पढ्न सकेनन् । उब्जनीको नाममा अहिले १० डोका मकै उत्पादन भयो ।

हिँड्न नमिल्ने, हात सिधा नहुने, जिब्रो लरबराउने लगायत समस्याबाट पीडित यतिबेला सहयोगको याचना गरिरहेका छन् । ‘आमाको मृत्यु भयो । बुबा दुवै आँखा देख्न सक्नुहुन्न । ऋण तिर्नै छ,’ उनी मसिनो स्वरमा भन्छन्, ‘तपाईंहरुको सानो सहयोगले म निको भएँ भने परिवारलाई खुसी दिन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार