काठमाडौं : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणमा गएको कोरियाली टोली हिमपहिरोमा पर्दा८ जनाको मृत्यु भएको छ ।
सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियाली र ४ जना नेपाली टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेको स्थानीयको र आठै जनाको मृत्यु भएको आरोहणदलमा रहेका नेपाली सदस्यका दाई प्रेमप्रसाद छन्यालले जानकारी दिए । उनले भने ‘ घटनामा आठ जनाको शव देखिएको छ, उद्दारका लागि हेलिकोप्टर गएकोमा अहिले फर्किएको छ, फेरि अर्को हेलिकोप्टर उद्दारका लागि आउन लागेको छ, ९ जनामध्ये ८ जनाको शव भेटिएको भने एकको खोजी जारी छ।’ शुक्रबार राति हिमपहिरो गएको जनाकारी प्राप्त भएपछि प्रहरीलाई खबर गरिएको थियो ।
काठमाडौंको प्रोजक्ट ओए नामक एजेन्सी मार्फत टोली हिमाल आरोहणका लागि प्रस्थान गरेको थियो । पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो।

864 पटक हेरिएको 

