जुवाडे छुटाउन कांग्रेस र नेकपाका नेताको दौडधुप

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  601 पटक हेरिएको

बारा । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने सहित २२ जना जुवाडेलाई बुधबार राती प्रहरीले बाराको निजगढबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नीरिक्षक विक्रम लामा सहितको टोलीले निजगढ नगरपालिका ३ सिङ्गौलबाट उनिहरुलाई पक्राउ गरेको हो ।

स्थानीय एक घरमा कौडा खेलिरहेका बेला पक्राउ परेका अन्यको नाम प्रहरीले खुलाएको छैन । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नीरिक्षक विक्रम लामाका अनुसार जुवाको खालबाट २ लाख ३० हजार नगद बरामद भएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सिमरा, निजगढ, जीतपुर र वीरगञ्जका व्यवसायीहरु छन् । यस्तै नेपाली काँग्रेस र नेकपाका केहि नगरस्तरिय नेता समेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले २२ जना जुवाडे पक्राउ परेको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय बारामा उपस्थित गराएपछि थप विवरण सार्वजनिक गर्ने जानकारी दिए ।

यता पक्राउ परेका जुवाडेहरुलाई छुटाउन विहिबार विहानैबाट नेकपा र नेपाली काँग्रेसका नेताहरुले दौडधुप शुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार