डिएन घिसिङ
काठमाडाै । राजधानीको चुच्चेपाटी स्थित भाटभटेनी मिस्क मार्शल आर्ट्स कल्बको आयोजना आज एक दिने विशेष प्राबिधिक प्रशिक्षण सम्पन्न भएकाे छ ।
डेन्मार्कबाट नेपाल भ्रमणमा अाएका निकै अनुभवी ओपेन ग्राप्लिङ्ग च्याम्पियन रेसमुस ब्रोइन्ड्सेलले आफ्नो अनुभव बाडेका थिए । सोही अबसरमा मिस्क मार्सल आर्ट्स प्रतियोगितामा प्रयोग हुने टेक्निकहरु प्रदर्शन र प्रशिक्षण गराएका थिए ।
करीब २४जना खेलाडीहरु सहभागी उक्त बिषेश कोर्समा आफुले नेपाली खेलाडीहरु जोशिलो र बलियो रहेको डेनिस प्रशिक्षक रेसमुसले बताए । आगामी दिनमा समेत निरन्तर रुपमा नेपाली खेलाडीहरुलाई सहयोग गर्ने उनले बताए । सोही कार्यक्रमको अन्तमा भाटभटेनी मिस्क मार्शल आर्ट्स कल्बका प्रमुख सन्दिप कुबर श्रेष्ठले खादा लगाएर बिदाई गरे ।

1346 पटक हेरिएको 


